‘नेसनल आईसीटी स्कलरसिप २०७५’ घोषणा

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघ, ले प्राविधि शिक्षा तर्फ पनि यस बर्ष देखि छात्रबृतिको शुरुवात गरेको छ । राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीव, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रबृद्धि प्रदान गर्न लागिएको हो । काठमाण्डौंको मैतीदेविमा रहेको सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसन संगको सहकार्यमा यस बर्ष ४९ जना विद्यार्थीहरुलाई छात्रबृद्धि प्रदान गर्न लागिएको हो ।

‘नेसनल आईसीटी स्कलरसिप– २०७५’ नामदिई देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रबृति र बांकी ४२ जनालाई आंसिक छात्रबृति प्रदान गरीने छ । ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरीक मा यसको पहुँच पु¥याउनमा यस कार्यले टेवापुग्ने विश्वास लिईएको छ । छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी आज क्यान महासंघका तर्फबाट अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एजुकेशन फाउण्डसनका तर्फबाट फाउन्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरी जानकारी गराउने उद्देश्यले यो कार्यक्रको आयोजना गरेका छौं ।
फिमेल मेरिट आईसीटी स्कलरसिप प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई प्रदान गरिनेछ । सम्झौता अनुसार ४९ जना विद्यार्थीले एक करोड ८३ लाख ३६ हजार पाँच सय रुपैयाँ बराबरको छात्रवृत्ति पाउने छन् ।
छात्रबृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको एफिलेसनमा सञ्चालीत लर्ड बुद्ध एजुकेशन फाउण्डेसन मा स्नातक तह अन्र्तगत वि एस सी आईटी को अध्ययनगर्न पाउने छन् ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंक सहित प्लस टु अर्थात् सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटी बाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि अवेदन दिन सक्न्छन् । छात्रबृतिका लागि कक्षा १२ को परीक्षादिएर बसेका विद्यार्थीहरुले पनिआवेदन दिन सक्ने छन् ।
छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले जिल्ला, प्रदेश र केन्द्रिय स्तरको छात्रबृति छनौट समिति गठन गर्ने छ । छनौट समितिले कक्षा १० र कक्षा १२को प्राप्तअंक, स्थायीबसोबास, आर्थिक अवस्था र स्थानीय सरकारको सिफारिसका आधारमा छनौट गर्ने छ ।
छात्रवृत्ति का लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको http://lbef.edu.np/ २०१८ जुलाई २५ तारिक भित्र आवेदन दिनुपर्ने छ । आवेदन दिँदा एउटा फोटो, नागरिकता या जन्मदर्ता प्रमाणपत्र, कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि, कक्षा १२ को प्रवेशपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here