Mobile Expo 2073 to start from 24th of Bhadra

ललितपुरको लगनखेलस्थित कर्मचारी सञ्चय कोषमा रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर मोबाइल एक्स्पो २०७३ आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल सोरुम रहेको कम्प्लेक्स तथा मलले आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट तथा उपहार योजनासहित मोबाइल एक्स्पो आयोजना गर्न लागेको हो ।
भदौ २४ गतेदेखि असोज ३ गतेसम्म आयोजना हुने महोत्सवको बारेमा कम्प्लेक्सले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । पत्रकार सम्मेलनमा कम्प्लेक्सका पदाधिकारीहरुका साथै मलका लगानीकर्ताहरुको उपस्थिति थियो ।
पत्रकार सम्मेलनमा ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले ललितपुर जिल्लालाई केन्द्रमा राखेर नेपालभरीका मोबाइल प्रेमी तथा खरिदकर्ताहरुका लागि मोबाइल एक्स्पो गर्न लागेको जानकारी दिए । यस एक्स्पोमा हरेक मोबाइल खरिदकर्ताहरुले हात खाली नजाने उपहार प्राप्त गर्नेछन् । उनले भने, “हामीले मोबाइल एक्स्पोको अवसर पारेर न्यूनतम ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट विभिन्न मोबाइल ब्राण्ड तथा एसेसरिजमा राखेका छौं ।”
ललितपुर मलका अध्यक्ष नेपाल डंगोलले यस क्षेत्रको आर्थिक र व्यावसायिक विकास गर्न मलले प्रयास गरिरहेको भन्दै मलमा आउने हरेक ग्राहकहरुलाई नयाँ नयाँ सुविधाहरु प्रदान गरिरहेको बताए । उनले मलले आगामी दिनमा अत्याधुनिक सुविधासहितको सिनेमा हल, नेपालमा नै पहिलो पटक लिफ्टबाट पार्किंङ गर्ने पार्किंङ स्पेस बनाउने योजनाहरु रहेको जानकारी दिए ।