व्यापार-व्यवसायको दर्ता र नवीकरण अनलाइनबाटै
साउन २२, २०७७ काठमाडौ।
व्यापार-व्यवसाय दर्ता गर्न अब अनलाइनबाटै गर्न सकिने भएको छ। वाणीज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बुधबार देखि अनलाइन सेवा सुरु गरेको छ। विभागका अनुसार अब प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी तथा एजेन्सीको दर्ता, नवीकरण, संशोधन र खारेजी लगायतको काम अनलाइनबाटै गर्न सकिनेछ।
आवश्यक कागजात नमिलेमा वा निवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी विभागले तपाईंले ईमेल, एसएमएस तथा युजर ड्यासबोर्डबाट प्राप्त गर्न सकिने छ।
Author: रमेश बि. सी.