मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियर बीच सहकार्य

Muktinath Bikas Bank and House of Interiors

२३ साउन, २०७७, काठमाडौं ।

मुक्तिनाथ विकास बैंक, कमलादी र हाउस अफ ईन्टेरियर सुकेधारा, काठमाण्डौं बीच बैंकका ग्राहकहरुलाई कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा हाउस अफ ईन्टेरियरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर ज्ञवाली र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले हस्ताक्षर गर्नुभएको थियो । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले हाउस अफ ईन्टेरियरका सेवाहरुमा Interior Product, Electricity, Marble, Furniture and Fixture, Furnishing, woodworks, 3D Design तथा अन्य Interior Designing आकर्षक छुट पाउने व्यवस्था गरिएको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ । बैंकले Balance Certificate, Cheque Book, Good For Payment Cheque जारी शुल्क र अन्तरशाखा बैंकिङ्ग कारोबार सेवा निशुल्क गरेकोे छ । साथै बैंकको ग्राहकले VISA Network अन्तर्गत जुनसुकै बैंकको ATM बाट विना शुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here