मन्जुश्री फाइनान्सले शुरु गर्यो नयाँ बचत खाता
काठमाडौं, भाद्र ६ ।
मन्जुश्री फाइनान्स लिमिटेडले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता संचालनमा ल्याएको छ । न्युनतम मौज्दात रु. ५०००\– मा बचत कर्ताहरुले वार्षिक ८.२५५ व्याजदर प्राप्त गर्न सक्ने छन् । जसमा निःशुल्क डेविट कार्डका साथै जुन सुकै ATM बाट विना शुल्क रकम झिक्न सकिने छ, साथै निःशुल्क चेक बुक, बिना शुल्क बैंक स्टेटमेन्ट, जुनसुकै बेला पनि लिन सकिन छ। SMS बैंकिङ्ग, C ASBA, IPS Service & Connect IPS / ECC (Cheque Clearance Service) जस्ता सुविधाहरु पनि निःशुल्क उपलब्ध छन ।
Advertisement
यस मन्जुश्री फाइनान्स लिमिटेडको चुक्ता पूँजी रु ८० करोड ४० लाख रहेको छ । यस फाइनान्सको असार मसान्त सम्म रु. ७ अर्ब ३० करोड निक्षेप संकलन तथा रु. ६ अर्ब ५५ करोड कर्जा लगानीरहेको छ ।
मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँबानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ ,नारायणगढ ,बुटवल, धनगढी , इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्थाहो । यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरु लाई रेमिटान्स सुविधा समेत उपलब्ध गराउदै आएको छ ।

