कृषि विकास बैंकलाई लगातार दोस्रो पटक प्रतिष्ठित ‘आईक्यान सिल्भर अवार्ड’
१६ असार, काठमाडौं ।
कृषि विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ( ICAN) द्धारा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित National Best Presented Annual Report (BPA) Award 2025 अन्तर्गत वित्तीय सेवा क्षेत्र तर्फको विधामा ‘सिल्भर अवार्ड’ (Silver Award) बाट सम्मानित भएको छ । कृषि विकास बैंकले लगातार दोस्रो पटक उत्कृष्ट प्रदर्शन कायम राख्न सफल भएको छ ।
उक्त अवार्ड बैंकले आफ्नो वार्षिक प्रतिवेदनमार्फत वित्तीय विवरण, संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा सरोकारवालामुखी सूचना प्रस्तुतिकरणलाई उच्च प्राथमिकताका साथ प्रस्तुत गरेको मूल्याङ्कनका आधारमा प्रदान गरिएको हो ।
काठमाडौंको होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहमा ICAN का अध्यक्ष निल वहादुर सारुले बैंकका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।
यस सम्मानले बैंकको वित्तीय विवरण तथा वार्षिक प्रतिवेदनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुरूप थप प्रभावकारी, विश्वसनीय र पारदर्शी बनाउने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बैंकले जनाएको छ ।
बैंकले आगामी दिनमा पनि सरोकारवालाहरूलाई समयानुकूल, यथार्थपरक तथा गुणस्तरीय वित्तीय सूचना उपलब्ध गराउँदै उत्कृष्ट संस्थागत अभ्यासलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ ।
For More:-ADBL ICAN Silver Award


