२ माघ २०७६, काठमाडौं ।
यस मञ्जुश्री फाइनान्स लिमिटेडको बाह्रौ वार्षिक साधारण सभामिति २०७६पौष २९ गते थापागाँउ व्याङकेट, नयाँबानेश्वरमा सम्पन्न भयो ।
साधारणसभाद्वारा आ.व. २०७५/०७६ को लागि प्रस्तावित ९.८० प्रतिशत नगद लाभांश (वोनश शेयर तथा नगद लाभांशको कर समेत) र १.७५ प्रतिशत बरावरको वोनस शेयर वितरण गर्ने निर्णय पारित भयोे ।
यस संस्थाको यस अघि सम्मको चुक्ता पूँजी रु. ८०,४०,६०,२१०।– रहेको छ । यस फाइनान्सको पौष मसान्त सम्म रु. ७ अर्ब ७० करोड निक्षेप संकलन तथा रु. ६अर्ब ७७ करोड कर्जा लगानी रहेको छ ।
यस संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनिहरुको तर्फवाट प्रतिनिधित्व गर्न इन्दिरा पण्डित घिमिरे र चिन्तामणी गौतमलाई आगामि ४ वर्षको लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।
मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँबानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ ,नारायणगढ,बुटवल,धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्थाहो ।