सनराइज बैकले ल्यायो क्यास ब्याक योजना

Sunrise Bank

१ माघ २०७६, काठमाडौं ।

डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ । माघ १(आज)देखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तरगत सनराइज बैंकका डेबिट / क्रेडिट कार्ड सेवा लिएका तर हालसम्म पनि पोइन्ट अफ सेल (POS) टर्मिनल वा ई–कमर्स मा कार्ड प्रयोग नगरेका ग्राहकहरुले पोइन्ट अफ सेल (POS) टर्मिनलमा कारोबार गर्दा रु.२५०/ क्यास ब्याक र ई–कर्मशमा (E-commerce) कारोबारमा रु २५०/ क्यास व्याक प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत क्यास ब्याक प्राप्त गर्नको लागी डेबिट/क्रेडिट कार्ड मार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम रु ५००/ वा सोभन्दा बढीको कारोबार गर्नुपर्नेछ । साथै, कुनै पनि ग्राहकले डेबिट/क्रेडिट कार्ड मार्फत एकै पटक वा पटक पटक गरी एक महिनामा रु. १५,०००/वा सो भन्दा बढिको खरिद कारोबार गरेमा रु. १,०००/ क्यास व्याक प्राप्त गर्न सक्नेछन् । यस योजनामा एकजना कार्डहोल्डरले उल्लेखित योजना मुताबिक अधिकतम रु. ३,५००/ सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

सनराइजले आफ्ना ग्राहकहरुको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै विभिन्न छुट तथा अफरहरु दिदै आएको छ । यस क्यास ब्याक अफरले ग्राहकहरुलाई नगद भुक्तानी बाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र उक्त भुक्तानीमा पाइने क्यास व्याकले अझै बढी कारोबार गर्न मदत गर्ने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here