लिट्मस इन्डस्ट्रिजद्वारा नेपालको ऊर्जा क्षेत्रका सरोकारवालाबीच पहिलो ‘पावर पार्टनर्स मिट’ आयोजना
१३ असोज, काठमाडौं।
लिट्मस इन्डस्ट्रिज लिमिटेडले नेपालको ऊर्जा क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउँदै काठमाडौंमा पहिलोपटक ‘लिट्मस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ ।
कार्यक्रममा जलविद्युत्, सौर्य ऊर्जा, इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) र परामर्श क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
‘साथ, सम्बन्ध र विश्वास’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रका पछिल्ला विकासक्रम, चुनौती तथा उदीयमान अवसरबारे छलफल गरिएको थियो।
कार्यक्रममा सहकार्य, प्रविधिको विकास, उत्पादनको गुणस्तर तथा भरपर्दो र दिगो ऊर्जा पूर्वाधार निर्माणका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।
कार्यक्रममा स्थापित तथा नयाँ जलविद्युत् कम्पनी, सौर्य ऊर्जा विकासकर्ता, ईपीसी ९भ्एऋ० कम्पनी, परामर्शदाता तथा उद्योगसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो साथै क्ष्एब्ब्ल् लगायतका संस्थाका प्रतिनिधिहरू पनि सहभागी भएका थिए।
नेपालको नवीकरणीय ऊर्जा क्षेत्रका बदलिँदो आवश्यकता तथा प्रसारण र वितरण पूर्वाधारलाई थप सुदृढ बनाउन गुणस्तरीय उत्पादन र प्रविधिको भूमिकाबारे कार्यक्रममा छलफल गरिएको थियो।
सहभागीहरूले आयोजना विकास, प्राविधिक कार्यान्वयन, नवीनता तथा ऊर्जा क्षेत्रको सम्पूर्ण मूल्य शृंखलामा अझ बलियो सहकार्यको आवश्यकताबारे आफ्ना धारणा आदानप्रदान गरेका थिए।
उक्त कार्यक्रममा लिट्मस इन्डस्ट्रिजले आफ्ना विद्यमान उत्पादन तथा समाधानहरूको विस्तृत श्रृंखला प्रस्तुत गर्नुका साथै नेपाली बजारमा दुई नयाँ कन्डक्टर प्रविधि पनि सार्वजनिक गरेको छ।
कम्पनीले एचटीएलएस, ९ज्त्की्( ज्ष्नज त्झउभचबतगचभ ीयध क्बन) कन्डक्टर र एल–५९ ९ब्ि(छढ) कन्डक्टर नेपाली बजारमा प्रस्तुत गरेको हो। यी उत्कृष्ट कन्डक्टर प्रविधिको सुरुवातले लिट्मस इन्डस्ट्रिजको उत्पादन पोर्टफोलियोलाई थप विस्तार गर्नुका साथै नेपालको प्रसारण तथा वितरण क्षेत्रमा विकसित हुँदै गएका आवश्यकतालाई सम्बोधन गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ।
लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले नेपालको ऊर्जा क्षेत्रका विभिन्न पक्षबीच बलियो साझेदारी निर्माणको महत्वमा जोड दिएका थिए । नेपालको ऊर्जा क्षेत्र निरन्तर विकसित भइरहेका बेला भरपर्दो, प्रभावकारी र दिगो विद्युत् पूर्वाधार निर्माणका लागि उत्पादक, आयोजना विकासकर्ता, ईपीसी ९भ्एऋ० कम्पनी, परामर्शदाता तथा अन्य उद्योग सरोकारवालाबीचको सहकार्य आवश्यक रहेको उनले बताए ।
रमेश कर्प अन्तर्गत सन् १९७७ मा स्थापना भएको लिट्मस इन्डस्ट्रिज नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको छ । कम्पनीका उत्पादनहरू विद्युत् प्रसारण, वितरण तथा विभिन्न पूर्वाधारसम्बन्धी क्षेत्रमा प्रयोग हुँदै आएका छन् ।
लिट्मस इन्डस्ट्रिज लिमिटेडको बारेमाः लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने प्रमुख कम्पनी हो । कम्पनीले नेपालमा एल्युमिनियम ९बमिगष्लमष्ग० तथा मिश्र धातुका रड ९बियिथ चयमक० उत्पादन गर्दै आइरहेको छ ।
पाँच दशकभन्दा लामो उत्पादन अनुभव बोकेको कम्पनीले पूर्वाधार, निर्माण, ऊर्जा तथा औद्योगिक क्षेत्रका लागि उच्च गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउँदै आएको छ । नवीनता, उत्कृष्ट उत्पादन प्रविधि तथा गुणस्तर प्रतिको उच्च प्रतिबद्धताका साथ लिट्मस इन्डस्ट्रिजले नेपालभर आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
साथै, कम्पनीले क्षेत्रीय निर्यात बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै नेपालको औद्योगिक विकास तथा आर्थिक वृद्धिमा योगदान पुर्याउँदै आएको छ ।
For more: Litmus Power Partners Meet in Kathmandu

