‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’बीच इन्टर्र्निशप र रोजगारी प्रदान गर्ने सम्झौता

Khalti Signs Agreement with LBEF
Khalti Signs Agreement with LBEF

कार्तिक २०, काठमाडौं ।

‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ले ई–बिजनेस र आईटी पढेका विद्यार्थीहरुलाई इन्टर्र्निशप र रोजगारीको अवसर प्रदानगर्ने सम्बन्धि एक रणनितिक साझेदारीको घोषणा गरेका छन् । खल्तीकातर्फबाट प्रबन्धनिर्देशकमनीषमोदी र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनकातर्फबाट अध्यक्षपंकजजलानले काठमाडौंमाआयोजित एक विशेष समारोह बीच सम्झौतामा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् ।

सम्झौताअनुसार लर्ड बुद्ध एजुकेशन फाउन्डेशनमाअन्तिमवर्षमाअध्ययनरत तथाकलेजबाट उत्तीर्ण विद्यार्थीहरूले खल्तीमाइन्टर्र्निशपकालागिआवेदनदिन सक्नेछन् । छोटो अवधिको इन्टर्र्निशप पूरा गरिसकेपछि उनीहरुलाई ‘खल्ती’मा पूर्णकालिन रोजगारी प्रदानगरिनेछ ।

मुख्यतःखल्तीलेविद्यार्थीहरुको कक्षाको पढाईमाबाधानपुग्ने गरी इन्टर्र्निशपकालागिअनुकुल समय प्रदानगर्नेछ । साथै, कलेजसँग परामर्श गरेर परीक्षातथा महत्वपूर्ण शैक्षिकप्रोजेक्टहरुहरुको समयमाबिदाको पनिव्यवस्थागर्नेछ ।

त्यस्तै, मास्टर डिग्री पढ्न चाहने खल्तीमाकार्यरत कर्मचारीहरुलाई लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विशेष छात्रवृत्तिप्रदानगर्ने भएको छ ।

‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’बीचको यस प्रकारको सहकार्यले नेपालमाउद्योग र शैक्षिक संस्थाहरुबीचहुनुपर्ने पार्टनरशिपको उदाहरण स्थापितगर्ने र अन्य संस्थाहरुलाई पनि यस प्रकारको सहकार्य गर्न प्रोत्साहनप्रदानगर्ने अपेक्षागरिएको छ ।

उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका प्रबन्ध निर्देशक मनिष मोदीले भने,

“हामी यो सहकार्य ‘खल्ती’ र लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’दुबैका लागि ’विन विन सिचुएशन’ भएको अपेक्षा गरेका छौँ । दुबै संस्थाहरूको एक मुख्य उद्देश्य भनेको नेपालको आईटी उद्योगको विकास गर्नु हो। यस सहकार्यले दुबै संस्थालाई थप उर्जा तथा हौसला प्रदान गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । साथै, हामीले खल्तीमा इन्टर्र्निशप गर्न आउनु हुने विद्यार्थीहरुलाई प्रभावकारी रुपमा सिक्ने अवसर प्रदान गर्नुका साथै कम्पनीको कार्यबलको गुणस्तर बढाउने अपेक्षा गरेका छौँ।”

त्यस्तै, लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका अध्यक्ष पंकज जलानले भने,

“खल्ती जस्तो एक प्रतिष्ठित कम्पनीसँग यस प्रकारको रणनीतिक सहकार्य पाउँदा हामी उत्साहित छौँ। लर्ड बुद्ध एजुकेशन फाउन्डेशन विगत २१ वर्ष देखी अनवरत रुपमा सूचना प्रविधिको अध्ययन अध्यापन गराउँदै आएको देशकै अग्रणी शैक्षिक संस्था हो । खल्ती सँगको यस प्रकारको सहकार्य हाम्रा विद्यार्थीहरु लाई एकदमै प्रभावकारी हुने हामीले अपेक्षा गरेका छौँ ।”

नेपालमा युवा बेरोजगारी बढ्दो समस्याका रूपमा रहेका बेला सूचना प्रविधि उद्योगले भने आफ्ना रिक्त पदपूर्तिका लागि योग्य उम्मेदवार नै नपाउने समस्या झेलिरहेको छ । यस सहकार्यले उद्योग र विद्यार्थी बीच रहेको उक्त खाडल केहि हदसम्म पुर्ने अपेक्षा गरिएको छ ।

सन् २०१७ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती एक उदीयमान र रुचाईएको पेमेन्ट गेटवे हो । स्थापनाको यति छोटो अवधिमै नेपालका ७० भन्दा बढि जिल्लाहरुमा आफ्नो सेवा विस्तार गरिसकेको खल्ती दूरदराजमा रहेको जनसंख्या माझ डिजिटल भुक्तानी सेवा पुर्याउन क्रीयाशिल रहेको छ । खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो । खल्तीमा हाल विभिन्न सीप तथा दक्षता भएका एक सय भन्दा धेरै कर्मचारीहरु कार्यरत छन् ।

त्यस्तै, सन् १९९८ मा स्थापना भएको लर्ड बुद्ध एजुकेशन फाउन्डेशन नेपालको पहिलो आईटी कलेज हो । आफ्नो स्थापनाको सुरुवात देखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस कलेज एक गैर–नाफामुलक गैर सरकारी संस्था हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here