क्यान महासंघमार्फत् युवाको पक्षमा काम गर्न मेरो उम्मेदवारी रहनेछ: पटेल

CAN Federation Election Candidate 2019

काठमाडौं, कात्तिक २२
निरञ्जन पटेल सम्भवतः क्यान महासंघको आसन्न कार्य समितिको निर्वाचनमा सदस्य पदका कान्छा उम्मेदवार हुन् । संस्थागततर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका पटेल नवराज कुँवरको प्यानलमा छन् । उनी टप नेपाल इन्टरनेट प्रा लि का निर्देशक हुन् । एनपी सर्टका सह–कोषाध्यक्ष समेत रहेका उनी साइबर सेक्युरिटी रिसर्च सेन्टर नेपाल, नेश्नल आइसिटी क्लब लगायतका कम्युनिटी / फोरमहरु आदिमा पनि क्रियाशील छन् । उनले टेक ग्रो प्रा. लि. (अस्ट्रेलिया, सेमच्याम्पियन (अमेरिका) र विभिन्न अरु अर्गनाइजेशनका लागि समेत काम गरिरहेका छन् ।

क्यान महासंघमा तपाईको उम्मेदवारी किन ?
क्यान महासंघ नेपालको यस्तो एक मात्र साझा संगठन हो, जहाँ सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका संस्था, व्यापारी एवं बौद्धिक व्यक्तिहरु आबद्ध छन् । सूचना प्रविधि क्षेत्रमा प्रत्यक्ष काम गरिरहेका व्यक्तिहरुको यो अभिभावक संस्था हो । मैले डिजिटल मार्केटिङको काम गर्न थालेयता नै क्यानका हरेक कार्यक्रम र गतिविधिलाई नजिकबाट नियाल्ने र सहभागी हुने गर्दथे । डिजिटल मार्केटिङ विशेषज्ञको रुपमा काम गरिरहेकाले मैले आफ्नो अनुभव र ज्ञान आइसिटी र यसका नजिकका फिल्डमा बाँडिरहेको छु । नेपालमा डिजिटल मार्केटिङका लागि धेरै ठूला ‘स्टेप’ चाल्नुपर्ने आवश्यकता देखेको छु । नेपालमा डिजिटल मार्केटिङमा थोरै मात्रै विज्ञहरु रहेका छन् ।
एक युवा डिजिटल मार्केटिङ विशेषज्ञको रुपमा म बढीभन्दा बढी युवाहरुलाई बजारको आवश्यकता अनुसार यो फिल्डमा ल्याउन चाहन्छु । यो बाहेक म युवाहरुको एक प्रतिनिधिको रुपमा क्यान महासंघमा जाँदैछु । यो संगठनबाट म नेपाली युवाको आवाज राष्ट्रियस्तर सम्म लैजान चाहन्छु । क्यानमा यसअघि पनि युवा सदस्यहरु आए तर युवाहरुको समस्या व्यवस्थापन भएनन् । मेरो भिजन क्लियर छ, म युवाका लागि काम गर्न चाहन्छु । क्यानमा उनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै युवाका लागि पर्याप्त अवसर सिर्जना गर्न र आइटी उद्योग मैत्री वातारण सिर्जना गर्न मेरो प्रयत्न रहनेछ ।
क्यान महासंघ नै किन ?
यो संस्थामा विभिन्न प्रकृतिको सदस्यता प्रणाली छ । विभिन्न संस्था, प्रोफेसनल र सेक्टरबाट प्रतिनिधित्व गरी क्यानमा आबद्ध हुन सकिन्छ । तसर्थ मेरा लागि पनि यो सही प्लाटफर्म हो । डिजिटल मार्केटिङ सम्बन्धी विशेषज्ञता हासिल गरेकाले मैले क्यान महासंघमार्फत् मेरो अनुभव र ज्ञान बाँड्न, विभिन्न सेमिनार, वर्कसप लगायतका इभेन्टहरु सञ्चालन गर्नेछु । यो संगठनले युवा जनातामा सहकार्य, संवाद र सूचना आदानप्रदान गर्न प्रभावकारी च्यालन सिर्जना गर्न सक्छ । युवालाई सूचना प्रविधि क्षेत्रमा पर्याप्त अवसर सिर्जना गर्न र उनीहरुको समस्यालाई व्यवस्थापन गर्न क्यान महासंघले निर्णायक भूमिका खेल्न सक्छ । यसका साथमा देशैभर सूचना सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धनका लागि तीनै तहका सरकारसँग समन्वय गर्ने, समयसापेक्ष नीति निर्माण र कार्यान्वयन गराउन प्रत्यक्ष भूमिका खेल्न सक्छ ।

डिजिटल मार्केटिङको क्षेत्रमा कसरी काम गरिरहनु भएको छ ?

म १७ वर्षको हुँदा पहिलो पटक एसइओ (सर्च इन्जिन अप्टिमाइजेशन) बारे थाहा पाएको थिएँ । तर, सिक्ने प्लाटफर्म थिएन । पछि मैले टप नेपाल आइटी सोलुसन्स कम्पनी ज्वाइन गरे, जहाँ सञ्जित आचार्य र कृष्ण बोगटीलाई भेटेँ । मैले उहाँहरुबाट डिजिटल मार्केटिसम्बन्धी धेरै कुरा सिक्न र यो क्षेत्रमा केही गर्न प्रेरणा पाएँ । अहिले टप नेपाल इन्टरनेट प्रालिमा काम गर्नुका साथै टेक ग्रो प्रालि (अस्ट्रेलिया), सेमच्याम्पियन (अमेरिका) र विभिन्न अरु अर्गनाइजेशनमा पनि डिजिटल मार्केटिङ र एसइओको काम गरिरहेको छु । म डिजिटल मार्केटिङको प्रशिक्षक पनि ह्। मलाई गर्व लाग्छ कि मेरा धेरै सिकाएका / पढाएका विद्यार्थीहरुले डिजिटल मार्केटिङको फिल्डमा धेरै राम्रो गरिरहेका छन् । केहीले प्रसिद्ध कम्पनीहरुमा काम गरिरहेका छन् । केहीले आफैले बिजनेश सुरु गरेका छन् । यो बाहेक मैले विभिन्न स्कुल र कलेजहरुमा लेक्चर पनि दिने गरेको छु, जसका कारण विद्यार्थीलाई डिजिटल मार्केटिङ सम्बन्धी जान्न धेरै नै सहयोग मिलेको छ । यसका अतिरिक्त मैले विभिन्न सोसल अर्गनाइजेशनहरुमा पनि काम गरिरहेको छु र डिजिटल मार्केटिङ सम्बन्धी विभिन्न अभियान चलाइरहेको छु ।
डिजिटल मार्केटिङ स्पेसलिस्ट बन्न तपाईंलाई केले प्रेरित गर्यो ?
नयाँ कुरा सिक्न एकदमै इच्छुक थिएँ । डिजिटल मार्केटिङ पनि विल्कुल नयाँ क्षेत्र थियो । तर, डिजिटल मार्केटिङ सम्बन्धी सिप हासिल गर्ने प्लाटफर्म पाउन गार्हो थियो । महिनौं सम्म भौतारिएँ, अन्ततः मैले डिजिटल मार्केटिङको कोर्श गरेँ । मैले यही फिल्डमा करियर बनाउन सोचेँ । डिजिटल मार्केटिङको बिजनेश हरेक क्षेत्रमा बढिरहेको छ । अब डिजिटल मार्केटिङ हरेक बिजनेशका लागि मार्केटिङ स्ट्राटेजी हो । मैले आफ्नो ज्ञान र सिप अरुलाई सेयर गर्न थाल्ने योजनाका साथ डिजिटल मार्केटिङ सम्बन्धी प्रशिक्षण पनि दिन थालेको छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here