२८ साउन २०७८ काठमाडौं ।
अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट ले ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्ती बाट सिधै तिर्न सकिने सुविधा संचालनमा ल्याएको छ।
डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याईएको हो।
ओरिएण्टल इन्स्योरेन्स कम्पनी
सन् १९४७ मा स्थापना भएको ओरिएण्टल इन्स्योरेन्स निर्जीवन इन्स्योरेन्स कम्पनी हो जसले नेपालमा सन् १९५६ देखि ग्राहकहरुलाई निरन्तर रुपमा बीमा सम्बन्धि सुविधा प्रदान गर्दै आइरहेको छ। यसको मुख्यालय भारतको राजधानी नयाँ दिल्लीमा रहेको छ। स्तरीय सुविधा बाट ग्राहकहरुको सेवा गर्नु यसको मुख्य उद्देश्य रहेको छ।
यो सुविधा कार्यान्वयनमा आए सँगै अब ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न सकिने भएको छ।
कोरोना महामारीको कारण धेरै उद्योगहरुले भुक्तानी संकलन गर्न समस्या झेलिरहेको बेला घरमै बसी इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्ने सुविधा ग्राहकहरुलाई दिन पाउँदा खल्ती डिजिटल वालेट उत्साहित रहेको मर्चांन्ट एक्युजिसन का वरिष्ठ अधिकारी, सजनी महर्जनले बताएकी छिन्।
ओरिएण्टल लाईफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्ती बाट तिर्न :
- खल्ती एप लगइन गरि “इन्स्योरेन्स ” आइकन मा ट्याप गर्ने
- “ओरिएण्टल लाईफ इन्स्योरेन्स ” सेलेक्ट गर्ने
- अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने
- अन्त्यमा “पेमेन्ट” अप्सन छानी भुक्तानी गर्ने
रु. ५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ।