खाद्य संस्थानकाे खाद्य सामग्री अनलाइनबाट गर्न सकिने

Khadhya-Sansthan-Khalti Partnership
Khadhya-Sansthan-Khalti Partnership

असोज  ८, २०७७, काठमाडौं ।

खल्ती डिजिटल वालेट प्रयाेग गर्ने ग्राहकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खरिद गरेकाे खाध्यान्न लगायतका सामाग्रीकाे माेवाइल वालेटबाटै भुक्तानी गर्न सक्ने भएका छन् ।

ग्राहकले कम्पनीकाे nepalfood.gov.np वेवसाइटमा गएर आफूलाइ आवश्यक सामग्री किनमेल गरिसकेपछि भुक्तानी गर्ने बेला खल्ती विकल्प छनाैट गर्नु पर्ने छ । त्यसपछि माेवाइल वालेटबाटै भुक्तानी गर्न सकिने छ । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले चामल, दाल, कर्णाली को सिमी, गेडागुडी, दूग्ध विकास संस्थानकाे घ्यु, स्यानिटाइजर, इन्डक्सन चुलाेलगायतका सामग्रि विक्री गर्दै आएकाे छ । कम्पनीले अनलाइनमा अर्डर लिएर काठमाडाैं उपत्यकामा चक्रपथभित्र हाेम डेलिभरी समेत दिँदै आएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here