पोखरा महानगरको सटल बस सेवाको सञ्चालन खर्च कामना सेवा विकास बैंकले व्यहोर्ने
२ वैशाख , काठमाडौँ।
पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रि«य विमानस्थल देखी अमसिंहचोक सम्म आवत जावत गर्ने हवाई यात्रुहरुलाई भरपर्दो विश्वसनिय र सुलभ रुपमा आवागमन सुविधा उपलब्ध गराउनका लागि निशुल्क सटल बस सेवा सञ्चालन गरेको छ ।
उक्त निःशुल्क सटल बस सेवाको लागत खर्च कामना सेवा विकास बैंक समेतले व्यहोर्ने भएको छ । पोखरा महानगरपालिकाले महानगरको वडा नं. १४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखि अमरसिंह चोकसम्म दैनिक दुईवटा विद्युतिय बस सेवा दिने छन् ।
विहान ६ वजे देखी राती १० वजे सम्म सञ्चालन हुने उक्त वसहरुले यात्रुहरुलाई मुख्य सडकसम्म पुग्नको लागि लाभदायक सेवा प्रदान गर्नेछ । हाल पोखरा अन्तर्राष्ट्रि«य विमानस्थलदेखी मुख्य सडकसम्म पुग्न करिव २ किलोमिटरको यात्रा गर्नुपर्ने हुँदा यात्रुहरुलाई सास्ती हुदै आएको थियो ।
महानगरपालिकाले २०८३ आषाढ मसान्त सम्म सम्पुर्ण यात्रुहरुलाई निःशुल्क रुपमा उपलब्ध हुने गरि सञ्चालन गरेको उक्त वसहरुको सञ्चालन लागत खर्च कामना सेवा विकास बैंक समेतले व्यहोर्ने भएका छन् ।
पोखरा महानगरपालिकाका तर्फवाट कार्यकारी अधिकृत ईश्वरीप्रसाद पोखरेल र कामना सेवा विकास बैंकका तर्फवाट पोखरा क्षेत्रका क्षेत्रिय प्रमुख शिव कुमार ढकालले उक्त लागत साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै क्षेत्रीय प्रमुख ढकालले स्थानिय सरकारले आम सर्वसाधारणका लागि गर्ने यस्ता कार्यहरुमा बैंकले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा समेत महानगरपालिका सँग सहकार्य गर्ने वताए । महानगरपालिकाले सञ्चालन गर्ने निःशुल्क सटल वस सेवामा सहयोग गरेकोमा प्रशासकिय अधिकृत पोखरेलले धन्यवाद ज्ञापन गरे ।
For More:-Pokhara shuttle bus service


