कामना सेवा विकास बैंकलाई फुटसल प्रतियोगिता २०२४ को उपाधि

Winner of Kamana Sewa Futsal Cup
Share It On:

१३ फागुन, चितवन।

फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकले जितेको छ । ‘स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराका साथ फागुन १२ गते भरतपुर चितवनमा बैंकर्स फुटसल प्रतियोगितामा कामना सेवा विकास बैंक विजेता भएको हो ।

उक्त प्रतियोगिताको खेलमा २६ बैंकको सहभागीता रहेको थियो । सो प्रतियोगिताको फाइनल खेलमा कामना सेवा विकास बैंकले ग्लोबल आइएमई बैंकलाई ६–२ ले हराउदै उपाधी जितेको छ । विजेता टिम कामना सेवा विकास बैकलाई ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो ।

बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *