कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
२४ भदौ, काठमाडौं।
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय कुलेश्वर मार्फत श्री कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरूलाई शैक्षिक तथा आवश्यक सामाग्री वितरण गरेको छ ।
बैंकका काठमाडौं क्षेत्र प्रमुख केदार नाथ शर्माले विद्यार्थीहरूलाई पोषक तथा शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो । बैंकले विद्यार्थीहरूको पठनपाठनमा सहजता पुऱ्याउने उद्देश्यले स्टेसनरी तथा शैक्षिक सामाग्रीहरू, स्कुल व्याग, स्कुल ड्रेस र हाउस ड्रेस, जुत्ता तथा अन्य आवश्यक सामाग्रीहरू वितरण गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भानुभक्त बिष्टले बैंकले विद्यालयका विपन्न तथा गरिब विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै उपलब्ध गराएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । उनले यस प्रकारको सहयोगले विद्यार्थीहरूलाई अध्ययनमा थप हौसला प्रदान गर्नुका साथै विद्यालयको शैक्षिक वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने बताए ।
विद्यार्थीहरूलाई उक्त शैक्षिक तथा आवश्यक सामाग्री हस्तान्तरण गर्दै बैंकका काठमाडौं क्षेत्र प्रमुख शर्माले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको र आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामाग्रीबाट बञ्चित विद्यार्थीलाई गरिएको यस सहयोगले उनीहरूको पठनपाठनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यससँगै बैंकले आगामी दिनहरूमा समेत आवश्यकता र प्राथमिकताका आधारमा यस्ता सामाजिक उत्तरदायित्व मूलक कार्यक्रमहरूलाई निरन्तरता दिने बताए ।
For More: Kamana Sewa Bank Materials

