न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच सम्झौता, मारुती सुजुकी गाडीमा आकर्षक छुट
२४ भदौ, काठमाडौं।
प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताले मारुती सुजुकीका गाडी खरिदमा विशेष नगद छुट पाउने भएका छन् ।
यसका लागि प्रभु बैंक र मारुती सुजुकीका आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालिबीच विशेष छुटसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिद गर्दा मोडलअनुसार १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाइनेछ ।
सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकका सेन्ट्रल बिजनेस सेन्टर प्रमुख लेखबहादुर पुनले हस्ताक्षर गरेका छन् । सम्झौता ७ सेप्टेम्बर २०२६ देखि लागू भएको छ भने ६ सेप्टेम्बर २०२७ सम्म कायम रहनेछ ।
प्रभु बैंकले देशभरका ३०० शाखा, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा दिँदै आएको जनाएको छ । ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नाराका साथ बैंकले सेवा विस्तार गर्दै आएको छ ।
For More: Maruti Suzuki Car Discount

