सूचना प्रविधिको विकास र प्रयोग नेपालको प्राथमिकतामाः मन्त्री शर्मा

IT Priority Nepal's Minister Sharma
Share It On:

साउन ३, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री शर्माले नेपालमा सूचना प्रविधि र कृषि क्षेत्रको विकासका लागि इजरायलसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताउनुभयो ।

नेपालले सूचना प्रविधिको विकास र प्रयोगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री शर्माले कृषिमा यसको प्रयोग गर्न चाहिरहेको बताउनुभयो ।

पहिलेको तुलनामा सूचना प्रविधिको क्षेत्रमा नेपालले पनि उल्लेख्य विकास गरेको जानकारी दिंदै मन्त्री शर्माले सूचना प्रविधिलाई राज्यको प्राथमिकतामा राखिएको बताउनुभयो ।

‘हामीले सरकारको नीति तथा कार्यक्रममार्फत पनि यो स्पष्ट गरेका छौं कि अब नेपालमा सूचना प्रविधि प्राथमिकताको क्षेत्र हो’– उहाँले भन्नुभयो– ‘डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको छ।

देशभरि सूचना सञ्चारको पहुँच विस्तार तीब्र गतिमा भइरहेको उल्लेख गर्दै उहाँले यसमा प्रधानमन्त्रीको उच्च प्राथमिकता रहेको मन्त्री शर्माले जानकारी गराउनुभयो ।

इन्टनेटको फोजी सेवा देशभरि पुर्याउने कामलाई अन्तिम चरणमा पुर्याइएको उल्लेख गर्दै मन्त्री शर्माले फाइभजी सेवा पनि परीक्षणका लागि क्रममा रहेको बताउनुभयो ।

उहाँले नपालले आफ्नै स्याटेलाइट राख्ने सवाललाई पनि प्रथामिकतामा राखेको उल्लेख गर्दै सस्तो र गुणस्तरीय स्याटेलाइट राखेर सूचना प्रविधिको विकासलाई नयाँ आयाम दिने सरकारको सोंच रहेको बताउनुभयो ।

राजदूत गोडरले पछिल्लो समय नेपालले चाँडो चाँडो विकास गरिरहेको बताउनुभयो । आफू लामो समयदेखि नेपालमा रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय सूचना प्रविधिलगायत सबै क्षेत्रमा नेपालले तीब्र विकास गरिरहेको बताउनुभयो।

नेपालको एउटा प्रदेशको हाराहारीमा रहेको इजरायलले सूचना प्रविधिमा धेरै विकास गरेको औल्याउँदै उहाँले सूचना र सञ्चारको क्षेत्रमा प्रभावकारी सेवा भएन भने अबका दिनमा विश्व समुदायमा प्रतिष्पर्धा गर्न कठिन हुने भएकाले पनि विश्वले यस क्षेत्रमा चाँडोचाँडो विकास गरिहेको बताउनुभयो ।

नेपालमा धेरै हिमाली र पहाडी क्षेत्र भएकाले सबै ठाउँमा बराबरी सञ्चार सुविधा पुर्याउन कठिनाइ देखिएको उल्लेख गर्दै उहाँले नेपालले आफ्नै स्याटेलाइट राख्न सकेको हकमा निकै प्रभावकारी हुने सुझाव पनि दिनुुभयो ।

भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *