कृषि विकास बैंकद्धारा नेपाल महर्सि वैदिक फाउण्डेशनलाई सहयोग

Krishi Bikas Bank Supports Vedic Foundation Nepal
Share It On:

३, साउन काठमाडौं । 

प्राकृतिक श्रोत र वातावरणमा हुने प्रतिकुल असरवाट जोगाउन प्राकृतिक खेती र यससंग प्रत्यक्ष सरोकार राख्ने मल, रोग तथा किरा नियन्त्रण, वाली व्यवस्थापन आदि वारे समुदायमा जनचेतनामूलक र उत्पादनमूलक कार्यक्रममा सहयोग पुर्याउने कार्यका लागि सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।

वातावरण संरक्षण सहित शुद्ध खाद्य वस्तुको उत्पादन तथा स्थानीय स्तरमै उचित मुल्य सहित वजार पहुँचको सुनिश्चिता गर्ने फाउण्डेशनको लक्ष्यमा बैंकको सहयोग पुग्ने बैंकका उपमहाप्रवन्धक प्रताप सुवेदीले बताए।

उक्त अवसरमा कृषि विकास बैंकका उप महाप्रवन्धक प्रताप सुवेदी, सञ्चालन तथा वजार व्यवस्थापन विभागका विभागीय प्रमुख मीनराज पोखरेल, वरिष्ठ शाखा प्रमुख सरोज महत र फाउण्डेशनको तर्फवाट कार्यकारी निर्देशक भुपेन्द्र नीराजन, परियोजना संयोजक विन्दु शर्मा, फार्म सुपरभाईजर पुरुषोत्तम नगरकोटी तथा स्थानीय कृषक लगायतको उपस्थितिमा सो वैदिक अर्गानिक खेती गरिएको क्षेत्रको अवलोकन समेत गरे ।

वैदिक फाउण्डेशनले दक्षिणकाली न.पा. वडा नं १ वोसनमा वैदिक आर्गानिक कृषि कार्यक्रम अन्तर्गत तरकारी र गोलभेडा खेतीका लागि टनेल निर्माण तथा उत्पादन कार्यका लागि सो सहयोग उपयोग हुने उक्त संस्थाले जनाएको छ । सहयोग रकम वैदिक प्राकृतिक कृषि प्रवद्र्धनमा मद्धत पुग्ने अपेक्षा गरिएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *