एनआईसी एशिया बैंकका ग्राहकले अब अनलाइनबाटै २ लाखसम्म कर्जा लिन सक्ने

Celebrate 26 years of NIC ASIA Bank
Share It On:

साउन ३ काठमाडौं ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ मुलुकको बैंकिङ्ग क्षेत्रमा उत्कृष्ट सेवा तथा योजनाहरू ल्याइरहेको एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा ‘अनलाइन लोन अगेन्स्ट फिक्स डिपोजिट’ नामको अर्को एक उत्कृष्ट योजना ल्याएको छ ।

यस योजना अन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप वा वेबसाइट बाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले बताएको छ।

‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको बैंकले ल्याएको यस कर्जाको लाभ लिन योग्य ग्राहकहरूले मोबाइल बैंकिङ एप वा वेबसाइटमा उपलब्ध ‘एप्लाइ फर लोन अगेन्स्ट एफडी’ विकल्पमा जान सक्ने  बैंकले जनाएको छ ।

उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ र यसपछि ग्राहकहरूले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि २ लाख रुपैयाँसम्मको कर्जाको लागि आवश्यक विवरण भरेपछि ओटिपी कोड प्राप्त गर्न सक्ने छन् ।

अब उक्त ओटिपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहकहरूको खातामा तुरुन्तै जम्मा हुनेछ।

न्यूनतम ५ हजार रुपैयाँ कर्जा सीमा उपलब्ध यस योजनामा ग्राहकहरूले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रकृया शुल्क, कर्जा भुक्तानी सुविधा, पुनर्तालिकीकरण, सर्तहरूका बारेमा कर्जा लिने प्रकृयाको क्रममा जानकारी प्राप्त गर्न सक्नेछन्।

बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५१९ एटिएम, १११ वटा विस्तारित काउण्टर एवम् ६५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *