ग्लोबल ब्राण्ड आइप्रोका मोबाइल फोनहरु नेपाली बजारमा आउँदै

IPRO Mobile Brand

०८ फागुन २०७६, काठमाडौं ।

विश्वको टप टेन ग्लोबल मोबाइल फोन अवार्ड बिजेता मोबाइल ब्राण्ड आइप्रो नेपाली बजारमा भित्र्ने भएको छ । नेपाली बजारमा आइप्रो ब्राण्डलाई प्रतिष्ठित व्यवसायीक घराना एपेक्स ग्रुपले भित्र्याउन लागेको हो ।

नेपालका लागि एक मात्र आधिकारीक आयात कर्ता तथा बिक्रेताको रुपमा एपेक्स ग्रुपले आइप्रो ब्राण्डका फीचर फोनहरु नेपाली बजारमा बिक्री गर्नेछ । पहिलो चरणमा कम्पनीले आइप्रोका सिमित मोडलका फीचर फोनहरु मात्र बिक्री गर्नेछ भने भने बिस्तारै अन्य डिजाइनमा फोनहरु उपलब्ध गराउने छ ।

एपेक्सले आइप्रो ब्राण्डका फेशनेबल र लाइफ स्टायल सँग जोडिएर उत्पादन भएका फोनहरु नेपालमा ल्याउन लागेको हो ।
कम्पनीले नेपाली उपभोक्ताहरुको माग र आवश्यकता लाई मध्य नजर गरेर आइप्रोका फीचर फोन मोडलहरु ल्याउन लागेको हो । एपेक्स ग्रुपका सेल्स हेड अशोक गौतमले बजारमा फीचर फोनको माग पनि उत्तिकै रहेको हुँदा विश्वको प्रमुख ब्राण्डलाई नेपालमा ल्याउन लागेको बताए ।

हामीलाई नेपाली ग्राहकहरुबाट गुणस्तरीय फीचर फोनको माग भईरहेको र बजार अध्ययनमा पनि ग्राहकहरुले गुणस्तर युक्त फीचर फोनहरु खोज्ने गरेकाछन्, त्यसैले हामीले विभिन्न अवार्डहरु जितेर अमेरिका र युरोपेली बजारमा निकै लोकप्रिय भएको आइप्रो ब्राण्डलाई ल्याउन लागेका हौं, सेल्स हेड अशोक गौतमले भने ।

उनका अनुसार आइप्रोलाई छिटै नेपाली बजारमा ग्राहकहरुको हात हातमा पुर्याउने गरि योजना बनिरहेको छ ।आइप्रोका फीचर फोनहरुमा ड्यूल सिम, वायरलेस एफएम, क्यामरा, मेमोरी कार्ड थप्नसकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिने सुविधा लगायतका विशेषताहरु हुनेछन् ।

अमेरिकी र यूरोपेली बजारमा आइप्रोका फोनहरु निकै रुचाईएको छ । जहाँ कम्पनीले दि लिडिङ्ग यूरोप डिजाइनिंग ब्राण्ड, रेड डट आईएफ ताथ वल्र्ड इन्डष्ट्रिअल डिजाइन अवार्डस, वल्र्ड मस्ट कन्जुमर ट्रस्टेड ब्राण्डस लगायतका अवार्डहरु हात पारेको छ ।

कम्पनी सँग आफ्नै अनुसन्धान तथा विकास क्षमता रहेको छ भने विश्वव्यापी रुपमा फोनहरु बिक्री गर्ने गर्दछ । सन् २००१ मा आइप्रो ब्राण्ड स्थापना भएको हो र हाल यसको आर एण्ड डिमा मात्रै ३ हजार भन्दा बढि कर्मचारीहरु रहेका छन् ।
आइप्रोले विश्वमै पहिलो पटक ड्यूल सिम ड्यूल स्ट्याण्ड बाई जीएसएम मोबाइल फोन सन् २००७ मा लन्च गरेको थियो । जसले मोबाइल फोन उद्योगमा नै क्रान्ति ल्याएको थियो ।

आइप्रोले आफ्ना मोबाइल फोनहरु भारत, मलेशिया, इण्डोनेशिया, ल्याटिन अमेरिका, उत्तर अमेरिका र यूरोपमा १०० भन्दा बढि देशहरुमा बिक्री गरिरहेको छ । कम्पनीले फीचर फोन, स्मार्टफोन, रग्ड फोन सहितका उत्पादनहरु बिक्री गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here