०८ फागुन २०७६, काठमाडौं ।
सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले घुस मागेको भनिएको अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उनलाई पदमुक्त गरी अनुसन्धान गर्न माग गरेको छ। नेपाली कांग्रेसले प्रेस विज्ञप्ति मार्फत् निष्पक्ष अनुसन्धान गर्न समेत माग गरेको छ।
कांग्रेसले विज्ञप्तिमा ‘७० करोड रुपैयाँ कमिसन सञ्चार मन्त्रीले मागेको अडियो `हाम्रा कुरा´ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली काङ्ग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ’,