सुचना प्रविधि र व्यक्तिगत डाटा सुरक्षा विषयक एक दिने तालिम कार्यक्रम सम्पन्न

Cyber Security Training

२०७४ चैत ११ गते ।

काठमाडौं । इन्फर्मेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपालले साइबर सुरक्षा र साइबर सुरक्षामा रहेको अवसरको बारेमा एक कार्यक्रमको आयोजना गरेको छ । लावा नेपालको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रम पछिल्ला दिनहरुमा बढिरहेको साइबर चुनौतीलाई कसरी कम गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिन आयोजित सो कार्यक्रममा बीमा समितीका सूचना प्रविधि विभाग प्रमुख मिलन राज नेपालीले प्रस्तुती दिनुभएको थियो ।

Cyber Career Coaching

कार्यक्रममा मिलन राज नेपालीले वर्तमान समयमा व्यक्तिगत डाटाको चोरी बढ्दो क्रममा रहेको हुँदा हरेक वेवसाइट हेर्दा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले नक्कली वेबसाइट बनाएर समेत डाटा चोरी हुने गरेको जानकारी दिँदै प्रयोगकर्ताहरु सामान्य चनाखो भएमा मात्र पनि सुरक्षित हुन सकिने स्पष्ट पार्नुभयो ।

Cyber Career Coaching nepal

‘अहिले व्यक्तिगत डाटा चोरी गरेर ह्याकरहरुले बेच्ने गरेको हुँदा सामाजिक संजालमा भएका र इन्टरनेटमा आधारित व्यक्तिगत डाटा सुरक्षित बनाउन प्रयोगकर्ता आफैं सचेत हुनुपर्दछ,’ बीमा समितीका सूचना प्रविधि विभाग प्रमुख नेपालीले भन्नुभयो । कार्यक्रममा इन्र्फमेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष चिरन्जिबी अधिकारीले साइबर सुरक्षा र सचेतना संस्थाको प्रमुख कार्य भएको हुँदा यस्ता कार्यक्रमहरुले सम्बन्धि प्रयोगकर्ता, सूचना प्रविधिका विद्यार्थीलगायतका सहयोगी हुने बताउनुभयो । संस्थाले भविश्यमा नेपालीहरुलाई साइबर सुरक्षा र यसको सुरक्षित प्रयोगको बारेमा विभिन्न कार्यक्रमहरु गर्नेछ ।

लाभा नेपालले साइबर सेक्यूरिटीको ग्लोबल सर्टिफिकेसनसँग सम्बन्धित कोर्षहरु विगत ८ वर्षदेखि नेपालमा उपलब्ध गराउँदै आएको छ । यस संस्थाले विभिन्न सरकारी, गैर सरकारी, अन्तराष्ट्रिय संस्थाहरुलाई सूचना प्रविधि र साइबर सुरक्षाको विषयमा तालिम प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here