सामसुङ फ्लेक्स वास वासिङ्ग मेसिन नेपाली बजारमा उपलब्ध अप्पर वासर, वासर ड्रायर, स्मार्टकन्ट्रोल जस्ता विशेषता भएको
काठमाडौं चैत ७ गते । सामसुङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा विशेष एवं विभिन्न सुविधाहरु भएको फ्लेक्स वास वासिङ्ग मेसिन भित्र्याउन गई रहेको छ । आम नेपाली उपभोक्ताहरुको चाहना एवं आवश्यकतालाई मध्यनजर गरी उक्त उत्पादन बजारमा ल्याएको छ । सामसङले मार्च महिनाको २१, २२ र २३ गते सम्पन्न गर्न गइरहेको सामसङ फोरम (Samsung Forum Nepal) मार्फत् यो वासिङ्ग मेसिन नेपाली बजारमा ल्याएको छ । यसको मूल्य रु २,६९,९९९ तोकिएको छ, जसमा एयर प्युरिफायर पनि बन्डलिङको साथ प्रदान गरिने छ ।
यो फ्लेक्स वास वासिङ्ग मेसिनमा वासर तथा डायर, ३ के जी टपलोड, एड वास, एयर वास, भि आर टि, स्मार्ट कन्ट्रोल, एयर वास, स्मार्ट चेक, इको ड्रम क्लिन जस्ता विशेषताहरुको साथ कम भाइव्रेट गर्ने खालको प्रविधि यस वासिङ्ग मेसिनमा उपलब्ध हुने छन् ।
अपर वास सुविधाले विभिन्न कपडाहरुलाई एकै साथ धुन सकिन्छ । त्यति मात्र होइन यो सुविधाले गर्दा समय र विजुली पनि कम लाग्दछ । यसमा भएको पावरफुल बबल एक्सन जस्तो विशेषताले यो वासिङ्ग मेसिनमा लुगा धँुदा थप निखारता प्रदान गर्दछ । स्मर्ट कन्ट्रोल प्रविधिको प्रयोग भएको हुँदा वासिङ्गमेसिनले अहिलेको जीवन शैलीलाई थप सुबिधा प्रदान गर्ने छ ।
सामसुङ इलेक्ट्रोनिक्स् कम्पनी लि. को बारेमा
सामसङ इलेक्ट्रोनिक्स् कम्पनी लि. विश्वमा आमूल परिवर्तन ल्याउने आइडिया तथा इन्नोभेसन मार्पmत् नवीन र टेक्नोलोजी–सम्पन्न भविष्यको निर्माण गर्न प्रतिबद्ध छ । कम्पनीले टिभी, स्मार्टफोन, वेरेबल डिभाइसेस, ट्याब्लेट, क्यामेरा, डिजिटल एप्लाएन्सेस, प्रिन्टर, मेडिकल इक्वीप्मेन्ट, नेटवर्क सिस्टम, सेमिकन्डक्टर तथा एलइडी सोल्यूसन्स्को क्षेत्रहरुलाई नयाँ परिभाषा दिँदै आएको छ । सामसङ सम्बन्धी जानकारी तथा अपडेट्सका लागि news.samsung.com मा सामसुङ न्यूजरुम हेर्नुहोला ।