उपभोक्ताका लागि डिजिटल पहुच र सुरक्षित साइबर स्पेसको संरचना

nepal sict

एस.आई.सिटि, नेपाल  र सेवा नेपालको संयुत आयोजनामा उपभोक्ताका लागि डिजिटल पहुच र सुरक्षित साइबर स्पेसको संरचना” को गोस्टी भव्यताका साथ सम्पन्न भएको छ | आयोजकले मार्च महिना यानकी विश्व उपोभोक्ता दिवस पारी सो कार्यक्रमको आयोजना शनिवार र आइतवार गरेको छ (काठमाडौँ- मध्य बानेश्वर र ललितपुर- एवरडिन,जवालाखेल)| उक्त कार्यक्रमका प्रमुख अतिथि सुचना प्रविधि विभागका महार्निर्देशक लक्ष्मी प्रसाद यादव सहित आईटीविज्ञ, लेक्चरर,  प्रफेसर, उद्योगकर्मी, कानुन व्यवसायि-वकिल, विद्यार्थी, सरकारी कर्मचारी, केही नेता र उपोभोक्ता समेतको बाक्लो उपस्थिति थियो |

sict nepal

कार्यक्रम जम्मा तीन चरणमा चल्यो | पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री एवं सेवा नेपालका सल्लाहकार गणेश  शाहले आफ्नो मनतब्य राखी स्वागत गरेपछि, एस.आई. सिटिका जयराम गौतमले आजको प्रविधि युगको जल्दोब ल्दो विषय “डिजिटल पहुच” मा कार्यपत्र प्रस्तुत गरे | त्यसै गरि कार्यक्रमको मूल बिषयमा प्रवेश गरि “डिजिटल कन्जुमर अधिकार” को कार्यपत्र एस.आई. सिटिका महासचिव तथा आईटी अभियन्ता सुभाष खड्काले प्रस्तुत गरे | साथै “सुरक्षित साइबर स्पेस र सुरक्षकोआवश्यकता” विषयको कार्यपत्र सहित उत्थान एनपिनगका उपा-अध्यक्ष रामकृष्ण परियार ले गरेका थिए | कार्यक्रममा वर्तमान अवस्थामा साइबर लअ, डिजिटल कन्सुमर ऐन जस्ता नियम कानुनको अतियाधिक आवश्यकता रहेको,  इकमर्सका पाटोहरुमा उपभोक्ताले गर्ने प्रयोगहरु, फेसबुकको माध्यम आदिबाट आफ्नो गोपीय इन्फोरमेशन सुरक्षित राखने विधि, बैंकहरुको सुरक्षया अवस्था र सेवा ग्राहकले अपनाउने पर्ने सावधानी, इनटरनेट सेवा प्रदायकसंग ग्राहकको सहकार्य जस्ता गहन विषयमा समेत व्यापक छलफल चल्यो |

उक्त कार्यक्रममा महार्निर्देशक यादवले, सुचना प्रविधि विभागले अहिले रहेको कानुन र दिएको सीमा रेखामा बसेर प्रविधिको उच्चतम प्रयोग गर्ने गरी विभिन्न कार्यहरु गर्दै आएको र डिजिटल कन्सुमर अधिकार जस्ता विषय कानुनले नै सुरक्षित गर्न सक्ने बताउदै, डिजिटल कन्सुमर अधिकार या अन्य सुचना प्रविधिसंग सम्बन्धित कार्य तथा कार्यक्रमहरुमा सहकार्य गर्ने प्रतिवधता जाहेर गरे |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here