IBM स्कूल कार्यक्रम: नेपालमा कक्षा ५-१२ का विद्यार्थीका लागि विश्वस्तरीय प्रविधि शिक्ष
२ वैशाख , काठमाडौँ।
Asian E-Learning Pvt. Ltd. ले IBM School Program नेपालमा भित्र्याउँदै विद्यालयस्तरका विद्यार्थीका लागि भविष्य उन्मुख शिक्षाको नयाँ अध्याय सुरु गरेको छ । IBM द्वारा विकसित र यसको आधिकारिक डेलिभरी पार्टनर Transneuron Technologies, बैंगलोर मार्फत सञ्चालन हुने यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त कार्यक्रम कक्षा ५ देखि १२ सम्मका विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ता (AI), ब्लकचेन र साइबर सुरक्षा (Cybersecurity) जस्ता विश्वलाई आकार दिइरहेका महत्वपूर्ण प्रविधिहरूमा व्यवहारिक ज्ञान र अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।
यो कुनै साधारण शैक्षिक कोर्स मात्र होइन, सामान्य पाठ्यक्रमभन्दा बिल्कुल फरक छ । यो विश्वस्तरीय सिकाइ मार्ग हो, जसले विद्यार्थीलाई सानैदेखि उन्नत प्रविधिसँग परिचित गराउँदै उनीहरूलाई भोलिका सिर्जनशील, नवप्रवर्तक र नेतृत्वकर्ता बन्न तयार पार्छ । कार्यक्रमलाई चरणबद्ध रूपमा संरचित गरिएको छ, जसले विद्यार्थीलाई उनीहरूको सिकाइ स्तर र तयारीअनुसार क्रमशः अघि बढ्न सहयोग गर्छ ।
पहिलो चरण “Explorer” हो, जसलाई Explorer, Explorer Plus र Explorer Advance गरी तीन भागमा विभाजन गरिएको छ । यस चरणमा विद्यार्थीहरूमा जिज्ञासा विकास, आधारभूत बुझाई र नयाँ प्रविधिप्रति आत्मविश्वास निर्माणमा जोड दिइन्छ ।
दोस्रो चरण “Discoverer 1” र “Discoverer 2” हो, जुन प्रमाणपत्र आधारित पाठ्यक्रमहरू हुन् र यसले विद्यार्थीलाई गहिरो ज्ञान हासिल सँगै विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गर्छ ।
तेस्रो वा अन्तिम चरण “Innovator 1” र “Innovator 2” हो, जहाँ विद्यार्थीले सैद्धान्तिक ज्ञानभन्दा अघि बढेर आफ्नै उत्पादन र आइडियामा काम गर्न थाल्छन् । यस स्तरमा विद्यार्थीले आफ्ना समाधानहरू विकास गरी भेन्चर क्यापिटलिस्टहरूको प्यानलसमक्ष प्रस्तुत गर्ने अवसर पनि पाउनेछन्, जुन विद्यालय तहमै दुर्लभ व्यावहारिक अनुभव हो।
यस कार्यक्रमअन्तर्गत प्रत्येक कोर्सले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गर्नेछ । यी प्रमाणपत्रहरूले उच्च शिक्षा र भविष्यको करियरमा महत्वपूर्ण शैक्षिक तथा व्यावसायिक मूल्य थप्ने अपेक्षा गरिएको छ । कार्यक्रमको उद्देश्य परम्परागत शिक्षाबीच र तीव्र गतिमा परिवर्तन भइरहेको डिजिटल विश्वका आवश्यकताबीचको खाडललाई पूरा गर्नु हो ।
यस कार्यक्रमको नेपालमा औपचारिक शुभारम्भ अप्रिल १३ देखि सुरु भएको छ । St. Xavier’s, Godavari ले Asian E-Learning Pvt. Ltd. सँग औपचारिक सम्झौता गरेको छ । सोही दिन Cosmos College of Management and Technology सँग पनि औपचारिक हस्ताक्षर सम्पन्न भएको छ । यो सहकार्यले नेपालमा IBM School Program को औपचारिक सुरुवात भएको छ । यी सहकार्यहरूले नेपाली विद्यार्थीलाई विद्यालयस्तरमै विश्वस्तरीय प्रविधि शिक्षामा पहुँच दिलाउने प्रतिबद्धतालाई बलियो आधार प्रदान गर्छ ।
St. Xavier’s, Godavari का प्रिन्सिपल (प्रधानाचार्य फादर) Fr. Vijay Toppo ले हस्ताक्षरपछि विद्यार्थीहरूलाई सम्बोधन गर्दै यो सहकार्य उनीहरूको भविष्यका लागि अत्यन्त लाभदायक हुने विश्वास व्यक्त गरे । उनले विद्यार्थीलाई यस अवसरलाई पूर्ण रूपमा उपयोग गर्न आग्रह गर्दै विद्यालय तहमै विश्वस्तरीय प्रविधि शिक्षामा पहुँचले उच्च शिक्षा र करियरमा स्पष्ट अग्रता दिलाउने बताए । “यो सहकार्यले विद्यार्थीहरूको भविष्यमा ठूलो सकारात्मक प्रभाव पार्नेछ । विद्यालयमै यस्तो अवसर पाउनु सौभाग्यको कुरा हो र यसको भरपूर सदुपयोग गर्नु नै विद्यार्थीहरूको काम हो ।”
Asian E-Learning Pvt. Ltd. का प्रबन्ध निर्देशक Mr. Subodh Tripathee ले St. Xavier’s र Cosmos College ले देखाएको विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै यस सहकार्यले सकारात्मक परिवर्तन ल्याउने र विद्यार्थीका लागि नयाँ अवसरहरू खोल्ने बताए । उनले कार्यक्रममा सहभागी हुने प्रत्येक विद्यार्थीले वास्तविक र दीर्घकालीन लाभ प्राप्त गर्ने सुनिश्चितता गर्ने प्रतिबद्धता दोहोर्याए । “दुवै संस्थाले हाम्रोमाथि राखेको भरोसालाई हामी पूर्ण जिम्मेवारीका साथ निर्वाह गर्नेछौँ। यस सहकार्यमा संलग्न सबैलाई हार्दिक बधाई छ । यो कदमले विद्यार्थीहरूको पठनपाठनमा साँच्चिकै राम्रो परिवर्तन ल्याउँछ र उनीहरूका लागि नयाँ सम्भावनाका ढोकाहरू खुल्नेछन् भन्ने मलाई पूर्ण विश्वास छ ।”
विद्यालय यस पहलप्रति अत्यन्त उत्साहित देखिएको छ र आफ्ना विद्यार्थीहरूलाई ज्ञान, सीप र आत्मविश्वासले सक्षम बनाउने उद्देश्य राखेको छ । यो पहलले नेपालमा नयाँ पुस्ताका विद्यार्थीलाई ठूलो सोच्न, छिट्टै नवप्रवर्तन गर्न र विश्वस्तरमा प्रतिस्पर्धा गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ । ज्ञान, सीप र आत्मविश्वासले भरिपूर्ण भावी पुस्ता तयार पार्नु नै यस कार्यक्रमको मूल भावना हो ।
यो सुरुवात नेपालमा विद्यालय शिक्षाका लागि एक ऐतिहासिक कदमका रूपमा लिन सकिन्छ । किनकि यसले अन्तर्राष्ट्रिय रूपमा विकसित प्रविधि शिक्षालाई प्रत्यक्ष रूपमा विद्यालय प्रणालीमा समावेश गरेको छ । यसले विद्यार्थीलाई केवल परीक्षाका लागि होइन, भविष्यका लागि तयार पार्ने दृढ दृष्टिकोण प्रस्तुत गरेको छ ।
For More:-IBM school program Nepal


