हुवावेको ६ उत्पादन एकैसाथ सार्वजनिक

१ पौष, २०७६ काठमाडौं ।
हृवावे नेपालले ६ वटा नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ। हृवावे मोबाइल सर्भिसेस (एचएमएस) युक्त हृवावेको पछिल्लो फ्ल्यागशिप हृवावे मेट ३० प्रो, वाइ नाइन एस स्मार्टफोन सहित वाच जीटी टु, ब्यान्ड फोर, ब्यान्ड फोर ई, फ्रि  बड्स थ्री तथा फ्रिल्यान्सजस्ता वेयरेबलहरू छन् ।

उक्त समारोहमा हृवावेले खुला इकोसिस्टम निर्माण गर्ने आफ्नो लक्ष्य बारे जानकारी गराएको थियो । हृवावेका आफ्नै प्रविधिहरू हृवावे मोबाइल सर्भिस, हृवावे डिभाइसेस, फाइभजी नेटवर्कहरू तथा एआईजडित एपहरू प्रयोग गरी उपकरणहरूलाई बिना कुनै समस्या कनेक्ट हुनका सो खुला इकोसिस्टमले सम्भव तुल्याउँछ ।

उक्त कार्यक्रममा हृवावेका प्रयोगकर्ताहरूका लागि सम्पूर्ण मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य लिएको हृवावे कन्ज्युमर बिजनेस ग्रुपको एक हिस्सा हृवावे नेक्स्ट अर्थात् हृवावे मोबाइल सर्भिसेस -एचएमएस)को बारेमा प्रकाश पारिएको थियो । हृवावे नेक्स्टमा स्मार्ट, छिटो तथा समस्यारहित अनुभव प्रदान गर्नका लागि हृवावेद्वारा बनाइएको एप्लिकेशनहरू तथा सर्भिसहरू राखिएको छ ।

हृवावे मोबाइल सर्भिसेसमा हृवावे एप ग्यालरी, हृवावे ब्राउजर, हृवावे मोबाइल क्लाउड, हृवावे थिमहरू, हृवावे म्युजिक, हृवावे भिडियो, हृवावे असिसटेन्ट तथा अन्य एचएमएस एपहरू हृवावे आइडी, हृवावे हेल्थ, हृवावे थिम, हृवावे म्युजिक तथा अन्य धेरै रहेका छन् ।

हृवावेले एचएमएस इकोसिस्टमका लागि एक वर्षभित्रै तीन अर्ब अमेरिकी डलर तथा तीन हजार रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी परिचालन गर्दैछ भने दुई वर्ष भित्रै उक्त लगानी रकम बढाएर पाँच अर्ब अमेरिकी डलर पुर्‍याउँदैछ छ भने रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी संख्या पाँच हजार पुर्‍याउँदैछ ।

हृवावे मोबाइल सर्भिसेसको विश्वव्यापी बजारमा उपस्थितिलाई सुदृढ पार्न हृवावे इकोसिस्टम तयार छ । अहिलेसम्म १७० भन्दा बढी देशमा यसले ५७० मिलियन भन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरू लाई सेवा प्रदान गर्दछ । हाल हृवावे मोबाइल सर्भिसेसमा १.०७ मिलियन दर्ता भएका ग्लोबल डिभेलपरहरू रहेका छन् र एचएमएस कोरमा ५० हजारभन्दा बढी एपहरू एकीकृत भइसकेका छन् जसले हृवावेका सबै डिभाइसहरूमा कम्प्याटिबल हुने एपको भर्सन बनाउन सघाउँछ ।

हृवावे मोबाइल सर्भिसेसमा संचालन हुने पछिल्लो फ्ल्यागशिप हृवावे मेट ३० प्रो, पनि सार्वजनिक गरियो। यो आइकोनिक मोबाइलफोनमा किरिन ९९० एसओसी छ र ७ एनएम र इयूभी प्रोसेसको प्रयोग भएको छ। हृवावे सुपरचार्ज तथा ईएमयूआई १० ले मोबाइल प्रयोगकर्ताहरूका लागि टिकाउ ब्याट्री तथा उत्कृष्ट अनुभव प्रदान गर्दछ । यो स्मार्टफोनले प्रयोगकर्ताहरूका लागि उच्च स्तरको फोटो र भिडियो खिच्न सघाउँछ । यसमा ४० एमपी सिने क्यामरासहितको उच्चस्तरको क्वाड क्यामरा प्रणाली, ४० एमपी सुपरसेन्सिङ क्यामरा,८ एमपीको टेलिफोटो क्यामरा तथा थ्रीडी डेप्थ सेन्सिङ क्यामरा जडित छ ।

हृवावे वाच जिटी टु पनि अति प्रतिक्षित हृवावे उत्पादन हो। किरिन एआई चिपजडित यसमा उच्च कार्यक्षमता तथा कम ब्याट्री खपत गर्ने गर्दछ र दुई हप्तासम्म ब्याट्री टिक्छ । ४२ एमएम कलर एमोलेड स्क्रीनले २१५ एमएएच ब्याट्री प्रयोग गर्ने गर्छ जुन एक हप्तासम्म टिक्नेछ । यस स्मार्टवाचमा नयाँ विशेषताहरू र फङ्ग्सनहरू छन् र १५ स्पोर्ट मोड तथा १० ट्रेनिङ मोडहरू भएको यो स्मार्टवाच फिटनेस तथा स्वास्थ्य बारे विशेष चासो राख्नेहरूका लागि उपयुक्त छ ।

सो समारोहमा ब्यान्ड फोर तथा ब्यान्ड फोर ई पनि लन्च गरियो । हृवावे ब्यान्ड फोरमा भएको स्मार्ट फिटनेश म्यानेजमेन्ट सिस्टमले मुटुको धड्कन थप एक्युरेसीका साथ मनिटर गर्ने, ९ वटा दैनिक इन्डोर र आउटडोर एक्सरसाइज मोडहरू भएको र सशक्त फिटनेश मनिटरिङ फिचरहरू छन् ।

यसका साथै हाले आयोजित आइएफए कन्ज्युमर इलेक्ट्रोनिक्स शो मा ११ वटा बेस्ट अफ आइएफए मिडिया अवार्डहरू जित्न सफल हृवावे पि|m बड्स थ्री ट्रु वायरलेस ब्लुटुथ इयरफोनहरू पनि उपलब्ध भएको बारे घोषणा गरियो । किरिन ए वान चिपले उत्कृष्ट साउन्ड प्रोसेसिङ टेक्निक प्रदान गर्न प्राविधिक रूपमा अत्याधुनिक अप्रोच प्रयोग गर्छ ।

हृवावे एक्सेसरिजको दुनियाँमा अर्को दमदार उत्पादन भनेको हृवावे फ्रि लेस हो जसले अद्वितीय अडियो अनुभव र टिकाउ ब्याट्री युक्त छ। हृवावे मेट ३० प्रो सँगै सार्वजनिक गरिएको अर्को स्मार्टफोन हो वाइनाइन एस । अटो पपअप क्यामरा भएको यो स्मार्टफोन चर्चित वाइ नाइन प्राइम २०१९ को अपग्रेडेड भर्जन हो । आधुनिक र आकर्षक डिजाइन तथा अल्ट्रा वाइड एंगल ४८ एमपी एआई ट्रिपल क्यामरा तथा साइड फिंगरप्रिन्ट डिजाइन यसमा छ ।हृवावे विश्व बजारमा दोस्रो ठूलो स्मार्टफोन सप्लायर हो र सन् २०१९ को जनवरी देखि अक्टोबरसम्म २०० मिलियन युनिटहरू निर्यात गरिसकेको छ । यो आँकडा अघिल्ला वर्षको तुलनाम २६ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै हृवावेको इकोसिस्टम उत्पादनहरूमा पनि वृदि्भ भएको छ जस्तै पर्सनल कम्प्युटरको बिक्रीमा २१४ प्रतिशतले, ट्याब्लेट १० प्रतिशतले, स्मार्ट अडियो २६० प्रतिशतले तथा वेयरेबल उत्पादनहरूमा २७२ प्रतिशतले वृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here