एनसेलले नेपाल टेलिकमलाई पछि पार्दै  हात पार्यो फोरजी फ्रिक्वेन्सी

२ पौष, २०७६ काठमाडौं ।

नेपालमै पहिलो पटक भएको फ्रिक्वेन्सी बोलकबोलमा एनसेलले नेपाल टेलिकमलाई पछि पार्दे  फोरजी सेवाको लागि प्रयोग हुने १८ सय ब्याण्ड मेगाहर्जको फ्रिक्वेन्सी हात पारेको छ । पुस २ गते सोल्टी क्राउन प्लाजामा भएको बोलकबोलको अन्तिम राउण्डमा प्रति मेगाहर्ज फ्रिक्वेन्सीको लागि नेपाल टेलिकमले ५ करोड १ हजार प्रस्ताव गर्दा एनसेलले ५ करोड ८० लाख प्रस्ताव गरेको थियो । 

यस बोलकबोलमा नेपाल टेलिकम र एनसेल सहभागी भएका थिए भने एनसेललाई लाभकर नतिर्दै फ्रिक्वेन्सी बोलकबोलमा सहभागी गराइएको थियो ।

पहिलो राउण्डमा अग्रता लिएको एनसेलले दोस्रो राउण्डमा पनि अग्रता लिएको थियो । एनसेलले पहिलो राउण्डमा प्रति मेगाहर्जको लागि ३ करोड ९६ लाख र दोस्रो राउण्डमा प्रति मेगाहर्जको लागि ४ करोड ३२ लाख रुपैया कबोल गरेको थियो भने  नेपाल टेलिकमले पहिलो राउण्डमा प्रति मेगाहर्जको लागि ३ करोड ७८ लाख र दोस्रो राउण्डमा प्रति मेगाहर्जको लागि  ४ करोड २० लाख बोलकबोल गरेको थियो । प्रत्येक चरणमा कबोल गरिएको उच्च बोलकबोल मूल्यमा पाँच प्रतिशत थप गरी अर्को चरणको आधारभूत मूल्य तय गरिएको थियो ।

चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेशनले अदालतको अन्तरिम आदेश बाट फ्रिक्वेन्सी बोलकबोल रोक्न अदालतमा मुद्दा दायर गरेको थियो । सीजी कम्युनिकेशनले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि फ्रिक्वेन्सी बोलकबोल प्रकृया सुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here