ओपोको ए नाइन २०२० को भ्यानिला मिन्ट एडिशन सार्वजनिक

मंसिर ३०, २०७६ काठमाडौं ।

ओपोले नेपालमा सर्वाधिक लोकप्रियता कमाउन सफल आफ्नो ए सिरिज अन्तर्गतको, ए नाइन २०२०लाई नयाँ भ्यानिला मिन्ट एडिसनमा सार्वजनिक गरेको छ । नजिकिँदै गरेको क्रिस्मस र न्यूईयर लक्षित गर्दैै, आफ्नो ब्राण्ड र उत्पादनलाई दिएको अपार मायाँ र सफलताका लागि उपभोक्ता माझ कृतज्ञता स्वरुप कम्पनीले यो नयाँ भेँट प्रस्तुत गरेको हो ।

यसै बर्षको सेप्टेम्बर महिनामा मरिन ग्रिन र स्पेस पर्पल गरी दूई आकर्षक रंगमा सार्वजनिक ए नाइन २०२०ले बजारमा सर्वाधिक मितब्ययी मूल्यमा उपलब्ध ८जीबी स्मार्टफोनका रुपमा समेत निकै लोकप्रियता कमाएको छ, सोही फोन अब कम्पनीले भ्यानिला मिन्ट ईडिसनमा सार्वजनिक गरेको हो ।ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसनमा गेमिङ तथा मल्टि टास्किङमा सहजताका लागि स्न्याप ड्रागन ६६५ मोबाइल प्ल्याट फर्म जडान गरिएको छ । साथै, यसमा ८ जीबी ¥यामका साथमा १ सय २ जीबी सञ्चय क्षमता पनि उपलब्ध गरिएको छ । यसमा रहेको ११ एन एम प्रोसेसरले गेमिङका लागि उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्नुका साथै, उर्जा खपतमा समेत तेवा पु¥याउँछ ।

फोनमा प्रयोगकर्ता लाई उत्कृष्ट क्यामेरा अनुभव प्रदान गर्ने सोचका साथ एफ/१.८ एपर्चरका सहितको ४८एमपी लेन्स र १ सय १९ डिग्रि फिल्ड अफभ्यू दिने अल्ट्रा वाइड ८ एमपी लेन्स पनि उपलब्ध गरिएको छ । यो उपकरणले फोरके भिडियो पनि सपोर्ट गर्छ । यसमा रहेको ५ हजार एम एएच क्षमताको ब्याट्री समग्र फोनकै महत्वपूर्ण सेलिङ पोइन्टका रुपमा रहेको छ । फोनको साधारण प्रयोग गर्दा यसमा रहेको ब्याट्रीले मज्जाले एक दिन भन्दा लामो समय सम्म टिक्छ ।लामो समय सम्म गेमिङ तथा चलचित्रको मज्जा लिनेहरुका लागि समेत यो फोन निकै उपयुक्त छ । लगातार एचडी भिडियोको मज्जा लिँदा समेत फोनको ब्याट्री आरामले ११ घण्टा सम्म टिक्छ ।

ओपो एनाइन २०२०को भ्यानिला मिन्ट एडिसनका बारेमा बोल्दै, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने, ‘अत्याधुनिक स्पेसिफिकेशन्स र आकर्षक मूल्यका कारण ओपो एनाइन २०२०ले नेपालमा निकै लोकप्रियता कमाउन सफल रहेको छ । क्रिस्मस र न्यू ईयर नजिकिँदै गर्दा चिसो मनोरम मौसमको मज्जा लिइरहेका हाम्रा उपभोक्तासंग खुशी साट्ने सोचका साथ हामीले एनाइन २०२० अन्तर्गत भ्यानिल मिन्ट एडिसन सार्वजनिक गरेका हौँ । यसले उपभोक्ताको थप नजिक हुन सघाउ पुग्नेमा हामी आशावादी छौँ ।’

कम्पनीको नेपालभर रहेका प्रमुख विक्रि केन्द्र मार्फत ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसन सहजै उपलब्ध गरिएको छ । कम्पनीले यसको बजार मूल्य रु. ३३ हजार ५ सय ९० निर्धारण गरेको छ । फोन बजारमा पछिल्लो पटक सार्वजनिक गरिए झैं मरिन ग्रिन र स्पेस पर्पल रंगमा पनि उपलब्ध रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here