ह्वावेले सुरु गर्यो ‘सिड्स फर फ्यूचर’ कार्यक्रम, आईटीका विद्यार्थीलाई अनलाइन प्रशिक्षण दिने

huawei seeds star future

२४ असोज २०७८, काठमाडौं ।

चिनियाँ कम्पनी ह्वावेले नेपाली आईटीका विद्यार्थीलाई प्रशिक्षण दिने भएको छ । कम्पनीले ‘सड्स फर फ्यूचर’ योजना अन्तर्गत २० जना नेपाली विद्यार्थीलाई अनलाइन प्रशिक्षण दिने भएको हो ।

अनलाइनबाटै प्रशिक्षण लिनका लागि आईटी पढ्दै गरेका विद्यार्थीले आजदेखि नोभेम्बर ७ सम्ममा अनलाइन आवेदन दिन सक्नेछन् । प्रशिक्षण २९ नोभेम्बर देखि ६ डिसेम्बरसम्म चल्ने छ । आवेदकनका लागि अन्डर ग्राजुएट विद्यार्थीले कम्तीमा ३.० जीपीए ल्याएको हुनुपर्ने, अंग्रेजी भाषामा राम्रो ज्ञान हुनुपर्ने र टेलिकम र सूचना तथा प्रविधि क्षेत्रमा रुची हुनुपर्ने बताइएको छ ।

यो  कार्यक्रम उत्कृष्ट शैक्षिक पृष्ठभूमि भएको आईसिटी विषयबाट स्नातक गरेका विद्यार्थीहरुको लागि खुला छ । विद्यार्थीहरुले www.seedsnepal.com बाट कार्यक्रममा आफ्नो नयाँ ट्रान्सक्रिप्ट वा आफ्नो संस्थाबाट सिफारिश पत्र र ६००–शब्दको एक प्रेरणा पत्र सामिल गरेर आवेदन दिन सक्छन् । चयन समितिले त्यसपछि सर्ट लिस्ट र एउटा फाइनल इन्टरभ्युबाट २० फाइनलिस्ट छनौट गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here