नेपालको प्रथम साइबर सेक्युरिटी जर्नल प्रकाशन हुँदै

first Cybersecurity Journal

२४ असोज २०७८, काठमाडौं ।

साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन केन्द्र नेपाल (सीएसआरआई) र नेपाल कम्प्युटर इमर्जेन्सी रेस्पन्स टिम (एनपीसर्ट) को संयुक्त आयोजनामा नेपालकै प्रथम अन्तर्विषयक पियर रिभ्यू साइबर सेकुरिटी जर्नल प्रकाशन हुने भएको छ ।

कार्यक्रममा सञ्चार तथा सुचना प्रबिधि मन्त्रालयका सह सचिब अनिल कुमार दत्तले साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्टको संयुक्त सहकार्यमा साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेक्यूरिटी जर्नल साइबर सुरक्षा चुनौती ब्यबस्थापन र अवसर सिर्जना गर्न कोशेढुंगा साबित हुने बताए ।

प्रा. डा. सुबर्ण शाक्यले साइबर सेक्यूरिटी जर्नललाई साइबर सुरक्षाको क्षेत्रमा अन्तर्रास्ट्रिय स्तरमै अब्बल जर्नल बनाउने बताए।

बढ्दो अनलाइन कारोबार र सूचना प्रविधि क्षेत्रमा देखा परेका नविनतम सेवा सुविधा सँगसँगै थपिएका सांगठनिक, व्यावसायिक एवं राष्ट्रिय साइबर सुरक्षा चुनौतीहरुलाई अवसरमा बदल्न अनुसन्धानमार्फत नेपाललाई आवश्यक पर्ने साइबर सुरक्षा एवं प्रतिरक्षा  नीति, जनशक्ति, प्रविधि, व्यवस्थापकीय तथा कानुनी ज्ञान आवश्यक रहेकोले साइबर सेकुरिटी जर्नल प्रकाशन गर्न लागिएको जानकारी उक्त जर्नलका प्रधान सम्पादक डा. राजिब सुब्बाले दिए ।

जर्नलको मुख्य उद्देश्य साइबर सेकुरिटी एवं सूचना तथा संचार प्रविधि क्षेत्रमा कार्यरत बिज्ञ, जनशक्ति तथा विश्वविधालयका विद्यार्थीहरुलाई आफ्नो कार्य वा शोधपत्र प्रकाशन गर्ने, विज्ञहरुको पृष्ठपोषण लिने र शोधपत्र प्रशारण गर्ने फोरम प्रदान गर्नु रहेको जानकारी डा. सुब्बाले दिएका थिए ।

कार्यक्रममा वक्ताहरुले सुचना प्रबिधिको बढ्दो प्रयोग र उत्पन्न सुरक्षा चुनौतिहरु र यसबाट कसरी अवसर सिर्जना गर्न सकिन्छ भन्ने बारेमा चर्चा गरेका थिए ।

सुचना प्रबिधिको बढ्दो प्रयोग र उत्पन्न सुरक्षा चुनौतिहरु र यसबाट कसरी अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्दर्भमा बढी भन्दा बढी प्रभाबकारिताको लागि साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालका अध्यक्ष शाक्य र बग भी का फाउन्डर नरेश लाम्गाधे तथा एनपी सर्टका अध्यक्ष चिरन्जिबी अधिकारी र बग भीका फाउन्डर नरेश लाम्गाधे बीच छुट्टाछुट्टै एमओयु हस्ताक्षर गरी आगामी दिनमा साइबर सेक्यूरिटी क्षेत्रका चुनौतीलाई अबसरमा बदल्न सहकार्य गर्ने सम्झौता समेत भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here