एनसेलले ल्यायो ‘ह्याप्पीआवर अन रिचार्ज’ अफर

Happy Hours on Recharge

१४,  फागुन २०७६, काठमाडौं ।

एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले रु १०० र यस भन्दा माथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्त गरी यसको फाइदा लिन सक्नेछन् ।

यो अफर यही बिहीबार (फागुन १५) देखि लागु हुनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याईएको यो अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैसा प्रति मिनेट (कर सहित रु १.२६ पैसा) मा एनसेल नेटवर्क भित्र कुरा गर्न सक्नेछन् ।

भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजे भित्रको समयमा लागु हुनेछ । यस अफरबाट फाइदा लिनका लागि ग्राहकले एस्टिक्स १७१०६ह्यास् डायल गरी आफुलाई अफरमा निःशुल्क रुपमा सहभागि गराउन सक्छन् ।

यसरी अफर सुचारु गरी सकेपछि ग्राहकले रिचार्ज रकमका आधारमा भ्वाइस सेवामा विभिन्न समय सिमा रहेका छुटबाट लाभ लिन सक्नेछन् । ग्राहकहरुले रु १०० रिचार्ज गर्दछन् भने ९९ पैसा प्रतिमिनेट छुटको  लाभ ७ दिनका लागि पाउने छन् । रु २००, रु ३०० र रु ५०० रिचार्ज गर्ने ग्राहकहरुले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन् ।

यसैगरी ग्राहकहरुले रु १,००० रिचार्ज गर्दछन् भने यो छुटको लाभ रकम रिचार्ज गरेको दिन बाट ६० दिनका लागि पाउनेछन् ।

यो अफरले ग्राहकलाई आफ्ना प्रियजन सँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।

यो अफर ९० दिन सम्म संचालनमा रहनेछ । ग्राहकले एस्टिक्स १७१०६ एस्टिक्स १ ह्यास् डायल गरी आफुले सुचारु गरेको अफरको समय सिमा सजिलै थाहा पाउन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here