गुल्फ लुब्रिकेन्ट्स र जनकपुर बोल्ट्सबीच NPL Season 3 का लागि साझेदारी नवीकरण
९ असोज, काठमाडौं।
नेपाल ल्युब आयल लिमिटेडले एनपीएल (NPL) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्ससँगको साझेदारी नवीकरण गर्दै गुल्फ लुब्रिकेन्ट्सलाई टोलीको ‘अफिसियल लुब्रिकेन्ट पार्टनर’का रूपमा निरन्तरता दिएको छ। ‘गुल्फ पावर्ड बोल्ट्स’ थिमअन्तर्गत सञ्चालन हुने यस अभियानमा जनकपुर बोल्ट्सको विशेष रङमा तयार पारिएको सीमित संस्करणको ‘गुल्फ प्राइड ४टी प्लस २०डब्लू–५०’ प्याक र खुद्रा विक्रेताका लागि ‘रिटेलर लिडरबोर्ड’ योजना सार्वजनिक गरिएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि गुल्फ लुब्रिकेन्ट्स र जनकपुर बोल्ट्सबीचको साझेदारी नवीकरण भएको छ। नेपाल ल्युब आयल लिमिटेडले जनकपुर बोल्ट्ससँगको साझेदारीलाई निरन्तरता दिँदै गुल्फलाई टोलीको ‘अफिसियल लुब्रिकेन्ट पार्टनर’का रूपमा कायम राखेको हो।
काठमाडौंको झम्सिखेलस्थित द प्लाजामा बिहीबार आयोजित कार्यक्रममा साझेदारी नवीकरणसँगै जनकपुर बोल्ट्सको पहिचान र रङमा तयार पारिएको ‘गुल्फ प्राइड ४टी प्लस २०डब्लू–५०’ को सीमित संस्करणसमेत सार्वजनिक गरिएको छ।
तेस्रो सिजनको अभियान ‘गुल्फ पावर्ड बोल्ट्स’ नाराअन्तर्गत सञ्चालन गरिने कम्पनीले जनाएको छ। यस अभियानमार्फत क्रिकेटप्रेमी, उपभोक्ता, खुद्रा विक्रेता, मेकानिक तथा व्यावसायिक साझेदारसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको छ।
नेपाल ल्युब आयलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत करण कुमार चौधरीले जनकपुर बोल्ट्ससँगको सम्बन्ध केवल ब्रान्ड प्रवर्द्धनमा सीमित नभएको बताएका छन्। उनले आगामी सिजनमा यो साझेदारीलाई थप विस्तार गर्दै क्रिकेटप्रेमी, खुद्रा विक्रेता र मेकानिकसम्म उत्पादन तथा अभियानलाई पुर्याउने बताए।
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खड्तिवडाले पनि गुल्फले टोलीको यात्राका विभिन्न चरणमा निरन्तर साथ दिएको बताए। उनले साझेदारीलाई प्रायोजनभन्दा माथि उठेर विश्वास, सम्मान र मधेश समुदायसँगको सम्बन्धका रूपमा प्रस्तुत गरेका छन्।
यसैबीच, सीमित संस्करणको ‘गुल्फ प्राइड ४टी प्लस २०डब्लू–५०’ प्याक असोज १५ गतेदेखि मंसिर १४ गतेसम्म बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ। विशेष संस्करणअन्तर्गत अभियान अवधिमा सबैभन्दा बढी बिक्री गर्ने खुद्रा विक्रेतालाई सम्मान गर्न ‘रिटेलर लिडरबोर्ड’ कार्यक्रमसमेत सञ्चालन गरिनेछ।
एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म सञ्चालन हुने तय भएको छ। गुल्फ र जनकपुर बोल्ट्सले डिजिटल प्लेटफर्म, खेलदिवसका गतिविधि तथा बजार सञ्जालमार्फत विभिन्न उपभोक्तामुखी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
For more: Gulf Lubricants Renews Janakpur Bolts Partnership

