सरकारले संशोधन गर्‍यो झिटिगुन्टा नियमावली, विदेशबाट आउँदा २ वटा मोबाइल ल्याउन पाउने

gadgets nepal

 २७ वैशाख, काठमाडौं।

 विदेशबाट आउँदा नेपालीहरुले साथमा थप एउटा मोबाईल ल्याउन पाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा बस्ने नेपालीहरुले स्वदेश आउँदा साथमा थप एउटा मोबाईल ल्याउन दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार वैदेशिक रोजगारीमा जानेहरूले पहिला पाइरहेको सुविधाबाहेक थप एक मोबाइल फोन ल्याउन पाउने र एमडीएमएस व्यवस्था पनि लागु गर्ने निर्णय भएको जानकारी दिईन् ।

प्रवक्ता शर्माका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीलाई आफूले प्रयोग गर्न थप एक मोबाइल ल्याउन झिटिगुन्टा नियमावली संशोधन गर्ने निर्णय भएको हो ।

मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरी मोबाइल ल्याउन सहज हुनेगरी गृह कार्य गर्न सञ्चार र श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा नियमावली संशोधन गरी विदेशबाट मोबाइल ल्याउन सहज बनाएको हो । साथै, सरकारले त्यसरी ल्याएको मोबाइल ‘मोबाइल भिभाइस म्यानेजमेन्ट सिस्टम’ (मएमडीएमस)मा समेत दर्ता हुने निर्णय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here