यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

Treasury Bills in Nepal
Monetary Policy
२७ वैशाख, काठमाडौं। 

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-८० को नौ महिनाको तथ्याङ्कमा आधारित प्रतिवेदन सार्वजनिक गरेको हो ।

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ भने आयात १८.१ प्रतिशतले, निर्यात २६.३ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेकोछ ।

 विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.२ प्रतिशतले र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति नेपाली रुपैयाँमा १८० अर्ब १७ करोडले बचतमा रहेको छ ।

 कुल विदेशी विनिमय सञ्चिति नेपाली रुपैयाँमा १४३३ अर्ब ७३ करोड र अमेरिकी डलरमा १० अर्ब ९४ करोड रहेको छ ।
संघीय सरकारको खर्च नेपाली रुपैयाँमा ९४३ अर्ब ५ करोड र राजस्व परिचालन नेपाली रुपैयाँमा ६८३ अर्ब ८१ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.० प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.२ प्रतिशत रहेको छ ।

थप जानकारीको लागी : Current-Macroeconomic-and-Financial-Situation-on-Nine-Months

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here