ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

Teej with Global Nari

१२ भदौ २०७९, काठमाडौं।

ग्लोबल आइएमईको तीज क्यासब्याक योजना सार्वजनिक, क्युआर वा एपबाट वस्तु किने ५०० सम्म छुट

ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा महिला ग्राहकका लागि लक्षित गरी विशेष क्यासब्याक योजना ल्याएको छ ।

यस क्यासब्याक योजना अन्तर्गत भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग ए्यापबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म एक पटक क्यासब्याक पाइनेछ ।

बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन महिलाहरुलाई प्राथमिकता दिने भएको छ । बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाहरुले ग्लोबल स्मार्ट प्लस ए्यापको प्रयोग गरी क्यूआरमार्फतको भुक्तानीमा क्यासब्याक पाउनेछन ।

मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय सापेक्षता अनुसार यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

मुलुकका ७७ जिल्लामा २८९ शाखा रहेको बैंकले २७२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here