विद्यार्थीहरू लाई क्लाउड कम्प्युटिङ प्रशिक्षणका लागि जेनेस द्वारा काठमाडौंका चार कलेजहरू सँग सहकार्य

Genese Collaboration with Colleges for Cloud Computing Training
Share It On:

काठमाडौं, १ मंसिर २०७६

क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब / सफ्टवेयर विकास सम्बन्धि विशिष्टी कृत कम्पनी जेनेस सोलुसनले काठमाडौंमा रहेका चार कलेजहरूसँग क्लाउड कम्प्युटिङ प्रशिक्षण र विद्यार्थीहरूको प्रमाणीकरणका लागि रणनीतिक साझेदारी सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेको छ ।

जेनेस सोलुसनको शैक्षिक हाँगा जेनेस क्लाउड एकेडेमी (जीसीए) (genesecloud.academy) का शैक्षिक कार्यक्रम प्रमुख निरञ्जन उदास र नेसनल कलेजका शैक्षिक निर्देशक नवराज हेका, नेसनल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआईटी) का प्रिन्सिपल निरञ्जन खकुरेल, भिरिञ्ची कलेजका निर्देशक प्रदीप पन्त तथा टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीका प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेलले काठमाडौंमा आयोजित एक समारोहमा यस सम्बन्धी सहकार्य सम्झौतामा हस्ताक्षर गर्नु भयो ।

जेनेसले हालैमात्र नेपालमा उद्योगमुखी क्लाउड कम्प्युटिङ प्रशिक्षणहरू र अमेजनको जब पोर्टल मार्फत विश्वव्यापी रोजगारीमा पहुँचका लागि लोकप्रिय अमेजन वेब सर्भिस (एडब्लूएस) एजुकेट प्रोग्राम आरम्भ गरेको छ । उल्लेखित कलेजहरू नेपालका विभिन्न सहरहरूमा छानिएका २५ भन्दा बढी शैक्षिक प्रतिष्ठानहरू मध्येका ४ हुन्, जहाँ विद्यार्थी र शिक्षकहरूलाई उदाउँदा क्लाउड कम्प्युटिङका विषयहरूमा पहुँचका उपकरण (एक्सेस टुल्स), पाठ्यक्रम र प्रमाणीकरणमा मार्ग प्रशस्त गर्नका लागि एडब्लूएस एजुकेट प्रोग्राम र माइक्रोसफ्ट लर्न प्रोग्राम जस्ता अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त शैक्षिक विधि (मोड्युल) हरूको अंगीकार गर्न प्रोत्साहित गर्ने गरी जेनेसले रणनीतिक साझेदारी विकास गर्नेछ ।

अनलाइन प्रशिक्षण र व्यक्तिगत अध्यापनको मिश्रित विधि उपयोग गर्दै, प्रशिक्षक प्रशिक्षणका माध्यमबाट शैक्षिक प्रतिष्ठानहरूको दिगो रूपमा क्षमता र स्तरोन्नति गर्दै, जेनेसले यस्ता कार्यका लागि तैयार जनशक्ति निर्माण गर्ने लक्ष्य लिएको छ, जुन विद्यार्थी दीक्षित भएर निस्कँदा उद्योगको उत्पादक माग पूरा गर्ने र प्रभावकारी रूपमा प्रवेश गर्न सक्षम हुन सकुन् ।

सीपमूलक प्रशिक्षणमा एप्लिकेसन डेभलपर, क्लाउड सपोर्ट इन्जिनियर, क्लाउड सपोर्ट एसोसियट, साइबर सेक्युरिटी स्पेशलिस्ट र डाटा इन्टिग्रेसन स्पेशलिस्ट, आर्टिफिसियल इन्टिेलिजेन्स एन्ड मेसिन लर्निङ डेभलपर, आईओटी डेभलपर, डिजिटल मार्केटर, बिजनेस एनालिसिस्ट आदि पदीय भूमिकालाई समेटिन्छ । प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई विश्व बजारमा उपलब्ध स्वतन्त्र र अनलाइन जागिर प्रदान गर्ने ४,००० भन्दा बढी रोजगारदाता सम्मको पहुँच हुने गरि एडब्लूएस एजुकेट्सको जब पोर्टलसँग आवद्ध गराईनेछ ।

यी कलेजहरूसँग क्लाउड कम्प्युटिङ प्रशिक्षण तथा विद्यार्थीहरूको प्रमाणीकरणका बारेमा प्रकाश पार्दै जेनेस सोलुसनका शैक्षिक कार्यक्रम प्रमुख निरञ्जन उदासले भन्नुभयो:

“हामीले पर्याप्त संख्यामा यस्ता विद्यार्थीहरू देख्दै आएका छौं, जोसँग शिक्षाको प्रमाणपत्र त छ तर, उनीहरूमा सूचना प्रविधि वा सूचना प्रविधिजन्य कम्पनीहरूमा ठाउँ पाउने पर्याप्त दक्षता भने छैन नेपालको उद्योग र शैक्षिक क्षेत्रबीचको ग्यापमा पुलको काम गर्ने गरी नेपालमा क्लाउड कम्प्युटिङ शिक्षा र प्रशिक्षण सञ्चालन गर्ने हाम्रो अवधारणा हो । जीसीएको अध्यापन विधि आपूर्ति मुखी नभइ माग मुखी रहने छ, जुन निजी क्षेत्रको मागहरूसँग सहकार्य गरेर हासिल गरिनेछ । हामीले कार्यका लागि तयार श्रम शक्ति उत्पादन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका शिक्षा, क्लाउड कम्प्युटिङ, सीप विकास र उद्यमशीलता प्रशिक्षणका नेतृत्व दायकहरूसँग सहकार्य गरिरहेका छौैं । हामी सूचना प्रविधिका माध्यमबाट हाम्रा समुदायका महिला र सामाजिक रूपमा बञ्चित समूहरूको सशक्तीकरणमा पनि केन्द्रीत रहेका छौं ।”

यसैगरि, चारवटै कलेजहरूको प्रतिनिधित्व गर्दै एनसी आईटीका प्रिन्सिपल निरञ्जन खकुरेलले भन्नुभयोः

“ हाम्रा विद्यार्थीहरूलाई क्लाउड कम्प्युटिङ तालिम उपलब्ध गराउनका लागि जेनेससँग रणनीतिक साझेदारीमा हस्ताक्षर गर्न पाउँदा हामी उत्साहित छौं । पक्कै पनि अत्यन्त प्रतिष्पर्धात्मक रोजगारी बजारमा तयारीका लागि शैक्षिक योग्यता मात्र पर्याप्त हुँदैन । जेनेसबाट प्रदान गरिने यो तालिम कार्यक्रमले हाम्रा विद्यार्थीहरूलाई एक्काइसौं शताब्दीको कार्यबलका रूपमा तयार पार्न र उनीहरूलाई स्थानीय तथा विश्वव्यापी रूपमा रोजगारी उपलब्ध गराउन सहयोगी हुनेमा हामी आशावादी छौं ।”

नेपालमा युवा बेरोजगारी बढ्दो समस्याका रूपमा रहेका बेला सूचना प्रविधि उद्योगले भने आफ्ना रिक्त पदपूर्तिका लागि योग्य उम्मेदवार नै नपाउने समस्या झेलिरहेको छ । यो परियोजनाका माध्यमबाट जेनेस सोलुसनले नेपालका क्याम्पसका विद्यार्थीहरूलाई आवश्यक ज्ञान र सीपयुक्त बनाउने गरि प्रशिक्षित गर्ने, स्थानीय र विश्वस्तरमा रोजगारी उपलब्ध गराउने तथा केही हदसम्म भए पनि युवा बेरोजगारी कम गर्ने लक्ष्य लिएको छ ।

यस जीसीए कार्यक्रम यूकेएडको रोजगारीका लागि सीप च्यालेन्ज फन्डको (seepnepal.com) सह–लगानीमा सञ्चालन हुन लागेको हो, यो चार वर्षे कार्यक्रमले भोलिका जनशक्तीका लागि आजै तालिम दिने र लाभदायक रोजगारीमा उनीहरूलाई नियुक्ति प्रत्याभूति गर्नेछ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *