यस्ता छन् कलरओएस सिक्सका ६ बेजोड फाइदा

Game Assistant
Game Assistant

काठमाडौं, २ मंसिर २०७६

कलर ओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भए संगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने कौतुहलता जागेको छ । यही कुरालाई दृष्टिगत गर्दै कलर ओएस सिक्सका स्मार्ट साइडबार, नेभिगेसन गेस्चर्स, राइडिङ मोड, पार्टी मोड, गेमिङ असिस्टेन्ट, पावर सेभर लगायत फिचर्सको उपयुक्त प्रयोग कसरी गर्ने भन्ने बारे यहाँ केही जानकारी प्रस्तुत गरेका छौँ ।

स्मार्ट साइडबार :
स्मार्ट साइडबार सक्रिय हुँदा नेभिगेसन पहिलेका तुलनामा धेरै नै सहज बनेको छ । स्क्रिनको साइडबाट हल्का स्वाइप गरेकै भरमा उपभोक्ताको छनोटका लागि क्विक टूल्स र क्विक एप्स प्रस्तुत हुन्छन् । क्विक टूल्स अन्तर्गत स्क्रिनशट, स्क्रिन रेकर्डिङ र ब्लक ब्यानर्स लगायत उपलब्ध हुन्छन् । यसमा आफूले सर्वाधिक प्रयोग गर्ने क्विक एप्सको प्रयोग गरी सहज र सुलभ नेभिगेसनको मज्जालिन सकिन्छ ।
यसको प्रयोगका लागि सेटिङ अन्तर्गत स्मार्ट साइडबारमा गई (कन्भिनियन्स एइड अन्तर्गत ) स्मार्ट साइडबारको छनोट गर्नुपर्ने हुन्छ ।

नेभिगेसन जेस्चर्स :
नेभिगेसनलाई अझ सहज र सुलभ बनाउने सोचका साथ यसमा विभिन्न जेस्चर्सको ब्यवस्था गरिएको छ । केही साधारण र सहज जेस्चर्सका माध्यमबाट फोनका निकै महत्वपूर्ण फिचर्समा सहज पहुँच बनाउन सकिन्छ । उदाहरणका लागि :

  •  स्क्रिनमा डबल ट्यापगर्दा फोन सहजै अन हुन्छ
  • उपकरणको क्यामेरा अन गर्नका लागि गोलाकार (सर्कल) बनाउने
  • उपकरणको फ्ल्याश लाइट सक्रिय गर्नका लागिअंग्रेजी बर्णमालाको “भी”बनाउन
  •  तीनऔँला फोनको स्क्रिनमा स्लाइड गरी स्क्रिनशट लिने सुविधा
  • स्प्लिट स्क्रिनको उपयोग गर्नका लागि तीनऔँलाले स्लाइड अपगर्ने

राइडिङ मोड
राइडिङ मोडका माध्यमबाट प्रयोगकर्ताले सडकमा सवारी चलाइरहेका बेला ध्यान भंग हुने सम्भावनाबाट जोगाउँछ ।कलरओएस सिक्सले प्रयोगकर्तालाई सडकमा हुँदा आउने नोटिफिकेसन माथि नियन्त्रण राख्न सघाउँछ ।
यसमा रहेको डु(नट)डिस्टर्ब राइडिङ, मार्फत एनिवान, कन्ट्याक्ट्स अन्लि, फेवरेट कन्ट्याक्ट्स अन्लिवा सम्पूर्ण कल नै नलिने लगायत निर्णय गर्न सकिन्छ । यसरी अनावश्यक कल फिल्टर गरी प्रयोगकर्ताले सुरक्षित तथा आरामदायी यात्राको मज्जालिन सक्छन् । राइडिङ मोड अन गर्नका लागि सेटिङ मातहत(स्मार्ट सर्भिसेज्स्मा)र्ट ड्राइभिङ अन्तर्गत राइडिङ मोडको छनोट गर्नुपर्ने हुन्छ ।

पार्टीमोड:

फोनमा रहेको पार्टी मोड सुविधा मार्फत आफ्नो प्लेलिस्ट साथीहरु संग सिंक गरी पार्टीमा थप जीवन्तता ल्याउन सकिन्छ । पार्टी सक्रिय गर्नका लागि उपकरणको हटस्पट ईनेबल गरी साथीहरुलाई हटस्पट ज्पाइन गर्न ईन्भाइट गर्नु पर्ने हुन्छ । यति गरी साथीहरु संग आफ्नो प्लेलिस्ट सेयरगरी संगीतको सामुहिक रुपमा मज्जालिन सकिन्छ ।

गेमिङ असिस्टेन्ट :

गेमिङ असिस्टेन्टको उपयोग गरी आफ्नो रुचि अनुसार प्रयोग कर्ताले आफ्नो रुचि अनुसार गेमिङ अनुभव परिमार्जन गर्न सक्छन् । अविभाजित रुपमा ध्यान केन्द्रित गर्नु पर्ने म्याचका लागि यसले ब्यानर नोटिफिकेसन डिजेबल गर्ने सुविधा पनि प्रदान गर्छ । कसैगरी खेल खेलिरहेकै समयमा अर्जेन्ट म्यासेजको रिप्लाइ गर्नु पर्दा समेत फ्लोटिङ विन्डोको सुविधा प्रदान गर्दै यसले सहजता प्रदान गर्छ । यसको प्रयोगबाट गेम प्लेको स्क्रिन रेकडिङ, विशेष शर्टकटको निर्माण तथा नोटिफिकेसन आफू उपयुक्त परिमार्जन गर्ने सुविधा समेत प्राप्त हुन्छ । यी आकर्षक फिचर्सका माध्यमबाट प्रयोग कर्ताले निसन्देह आफ्नो गेमिङ परफर्मेन्समा उल्लेख्य सुधार ल्याउन सक्छन् ।

पावर सेभर:

ओपोका उपकरणको प्रयोगका बखत ब्याट्री बचतका लागि पनि यसमा विशेष ब्यवस्था गरिएको छ । साथै, फोनमा उपलब्ध गरिएको स्मार्ट पावर सेभर फिचरले प्रयोग कर्तालाई ब्याट्री बचतमा अझ सघाउँछ । स्लिप मोडका साथमा यसमा रहेको स्मार्ट पावर सेभरले ब्याट्रीको प्रयोगलाई पूर्णतः बन्द नै गर्ने क्षमता पनि राख्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here