सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार के.सी. नियुक्त
१० जेठ, काठमाडौं।
सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चार्टर्ड एकाउण्टेन्ट गणेश कुमार के.सी. नियुक्त भएका छन्।
बैंकको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले के.सी.लाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। बैंकका अनुसार उनको नियुक्ति जेठ ११ गतेदेखि लागू हुने गरी चार वर्षका लागि गरिएको हो।
यसअघि केसी सोही बैंकमा डेपुटी सीईओको रूपमा कार्यरत थिए। नवनियुक्त सीईओ के.सी.सँग बैंक तथा वित्तीय क्षेत्रमा २२ वर्षभन्दा बढीको अनुभव रहेको छ।
उनले मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा तथा कुमारी बैंक लिमिटेडको आन्तरिक लेखा परीक्षण विभागमा विभागीय प्रमुखको रूपमा समेत काम गरिसकेका छन्।
For More:-Sindhu Bikash Bank CEO


