राष्ट्रपतिद्वारा एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान

Founder Chairperson of NIC Asia Bank

२ वैशाख २०७९, काठमाडौं।

एनआईसी एशिया बैंकका सल्लाहकार एवम् संस्थापक अध्यक्ष जगदीश अग्रवाल ‘सुप्रवल जनसेवाश्री’ बाट विभूषित भएका छन् ।

आज शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित सुशोभन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अग्रवाललाई विभूषण प्रदान गरेका हुन् ।

विभूषण प्राप्त गर्ने अग्रवाल प्रतिष्ठित उद्योगीका रुपमा समेत परिचित छन् । उनी ६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा योगदान पुर्‍याउँदै आएका छन् । हाल उनी विशाल ग्रुपको अध्यक्ष समेत छन् ।

सल्लाहकार एवम् संस्थापक अध्यक्ष विभूषित भएकोमा अग्रवाललाई बैंकले हार्दिक बधाई ज्ञापन गर्नाका साथै राष्ट्रपतिप्रति कृतज्ञता जाहेर गरेको छ ।

उनी हाल विशाल ग्रुपका अध्यक्ष हुन्। उनले मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एण्ड स्टिल इन्टरनेसल प्रा. लि., कमला रोलिङ मिल्स प्रा.लि. तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here