क्यालेन्डर लोकार्पण तथा नव वर्षको शुभकामना आदाप्रदान कार्यक्रम सम्पन्न

Calendar launch Program

३ वैशाख २०८०, काठमाडौं।

क्यान महासंघ काभ्रे शाखाको नव वर्ष २०८० को शुभकामना आदाप्रदान तथा क्यालेन्डर लोकार्पण कार्यक्रम बनेपामा सम्पन्न भयो। क्यान महासंघका महासचिव चिरन्जिबी अधिकारी विशिष्ट अतिथीको रुपमा हुनुहुन्थ्यो । महासचिव अधिकारीले कार्यक्रमलाई शुभकामना एबम् धन्यवाद मन्तव्य राख्दै समृद्धिका लागि सूचना र प्रविधि प्रयोग र विस्तार गर्नुपर्नेमा जोडदिनुभयो ।

कार्यक्रम काभ्रे जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई शुभकामना एबम् धन्यवाद मन्तव्य राख्दै प्रमुख अतिथी दीपक कुमार गौतमले क्यानका हरेक कार्यक्रम सुचना प्रविधिमय हुनु पर्ने र काभ्रेको १३ वटै पालिकामा सूचना प्रविधिका कार्यक्रम क्यान काभ्रे सँग मिलेर गर्न समन्वयकारी भूमिका निर्वाह गर्न तयार रहेको बताउनु भयो ।

अतिथिहरु क्यान महासंघका सचिवहरु शेखरनाथ दुलाल र बुद्ध रत्न मान्धर, पत्रकार महासंघ काभ्रेका सभापति बद्रि तिमल्सिना, क्यान क्यान महासंघ बाग्मती प्रदेशका कोषाध्यक्ष बिकाश पन्त, एनप्याब्सनका अध्यक्ष अग्नि ज्ञवालीले शुभकामाना मन्तब्य राख्दै काभ्रे जिल्लाको सूचना प्रबिधिको बिकाश र विस्तारमा क्यान काभ्रेको भूमिका प्रशंसनीय रहेको र क्यान काभ्रेले भबिस्यमा गर्ने राम्रा कार्यकमलाई सहयोग रहने बताउनु भयो ।

क्यालेन्डर लोकार्पण कार्यक्रमको संचालन सचिब देबकीआचार्य दुलालले गर्नु भएको थियो, कार्यक्रमको संयोजन कोषाध्यक्ष राजकुमार तिमल्सिनाले गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व क्यान काभ्रेका अध्यक्ष रामचन्द्र न्यौपानेले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here