फुडमान्डुमा साइबर हमला, ग्राहकको व्यक्तिगत विवरण चोरियो

Share It On:

२५ फागुन २०७६, काठमाडौं ।

अनलाइनमार्फत फुड डेलिभरी गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला भएको छ । शनिबार राती भएको ह्याकबाट ह्याकरले ग्राहकहरुको व्यक्तिगत विवरणहरुमा अनाधिकृत पहुँच बनाएको फुडमाण्डुले जनाएको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गरेर आफ्नो कमजोरी शनिबार रातिनै सच्याइएको बताएको छ । चेारिएको व्यक्तिगत विवरणहरु ह्याकरले एक वेबसाइटमार्फत सार्वजनिक गरिरहेको छ ।

फुडमान्डुले हमला भएपछि प्रहरीको साइबर अपराध डिभिजनमा जानकारी पनि गराएको जनाएको छ ।  घटनापछि पनि फुडमान्डुले सेवा भने जारी राखेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *