अब सुनलाई बैंकमा राखेर ब्याज पाइने, न्यूनतम् २५ ग्राम हुनुपर्ने

gold monetization scheme interest rate

२७ फागुन २०७६, काठमाडौं ।

अब बैंकमा सुन राखेर पनि ब्याज पाइने भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई बिहीबारदेखि कार्यान्वयनमा ल्याउन बैंक तथा वित्तिय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नेपाली नागरिकहरुसँग रहेको सुनलाई निक्षेपको रुपमा स्वीकार गर्न चाहने बैंकले नीति तथा कार्यविधि बनाई संचालक समितिबाट नै निर्णय भएको ७ दिन भित्र जानकारी गराउन समेत सूचनामा भनिएको छ ।

बैंकले नै सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तीमा ९९५ फिटनेसको सुन मात्रै स्वीकार गर्नुपर्ने व्यवस्था गरिएको छ। बैंकहरुले संकलन गरेको सुन ढुकुटी भित्र राख्ने वा व्यवसायीलाई बेच्ने सम्वन्धमा बैंकले नै निर्णय गर्न सक्ने छ।

Government preparing to monetize gold

सुन निक्षेपमा राख्नका लागि न्यूनतम २५ ग्राम परिमाण हुनु पर्ने राष्ट्र बैंकले जनाएको छ । सुन निक्षेपका रुपमा स्वीकार गर्दा सुनको जाँच गरी बैंकहरुले तौल र शुद्धता एकीन गरी प्रमाणपत्र दिनुर्पे व्यवस्था गरिएको छ ।

साथै बैंकमा राख्ने सुन निक्षेपको अवधि कम्तिमा ३ वर्ष तथा अधिकतम ५ वर्षको हुनुपर्ने समेत राष्ट्र बैंकले उल्लेख गरेको छ । यसरी सुन निक्षेपका रुपमा संकलन गरेपछि ग्राहकलाई त्रैमासिक रुपमा व्याज भुक्तानी हुनेछ। सुन जम्मा गर्दा नै सो बराबरको साँवा तथा व्याज एकीन गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसरी सुन निक्षेप संकलन गर्ने ग्राहकको केवाइसी विवरण बैंकले राख्नुपर्नेछ। सुनको निक्षेप स्वीकार गर्दा वाणिज्य बैंकहरुले सुनको प्रचलित बजार मूल्यलाई नै आधार मान्नुपर्ने व्यवस्था समेत गरिएको छ ।

त्यस्तो निक्षेपलाई बैंकहरुले सीआरआर, एसएलआरको प्रयोेजनको लागि गणना गर्न सकिनेछ । रु. १० लाख वा सोभन्दा बढी मूल्यको सुन निक्षेपको स्रोत अनिवार्य रुपमा खुलाउनुपर्ने व्यवस्था समेत भएको छ ।

सुन निक्षेप प्रमाणपत्रलाई बैंकमा धितो राखेर सोको ७० प्रतिशतसम्म कर्जा प्रदान गर्न सकिनेछ। यस्तो कर्जाको ब्याज दर बैकले सुन निक्षेपमा दिइएको ब्याज दरमा २ प्रतिशतसम्म थप गरी तोक्न सक्ने छन्। सम्बन्धित बैंकले कुन शाखाबाट सुन निक्षेप स्वीकार गर्नुपर्ने हो, सो तोकेर सूचना प्रकाशन गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here