सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

Credit Card Nepal
Share It On:

९ बैशाख, काठमाण्डौं। 

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्र्तगत यस संस्थाले नेपालमा पहिलो पटक पुर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड संगको सहकार्यमा सुरुवात गरेको जनाएको छ ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई Fonepay Card Scheme अन्तर्गत रहि पुर्णरुपको डिजिटल क्रेडिट कार्ड (Fonepay Virtual Credit Card) आफ्नो मोबाइल बैंकिङ्ग एप मार्पmत उपलब्ध गराउन सक्नेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ । सिटिजन्स बैंकका ग्राहकहरुले यस क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एप मार्पmत लिन सक्नुहुने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै Domestic Card Scheme परियोजना अन्र्तगत नेपाल राष्ट्र बैंकबाट यस संस्थालाई प्राप्त अनुमति बमोजिम Fonepay Credit Card Scheme सञ्चालनमा ल्याउन लागिएको हो ।

यस फोनपे क्रेडिट कार्डले नेपालको कार्ड भुक्तानी उद्योगलाई पुनः परिभाषित गर्ने विश्वास फोनपेले लिएको छ । उक्त क्रेडिट कार्ड पुर्णरुपमा डिजिटल अनबोर्डिङ्ग र जारी हुने तथा हाल Fonepay QR मा आबद्ध करिब १४ लाख व्यावसायीहरुको स्थानहरुमा निर्बाद रुपमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ ।

फोनपेका सीईओ दिवस कुमारले भने, “हामीले नेपालमा भुक्तनीको नयाँ उपकरणको रूपमा Fonepay Card Scheme प्रस्तुत गर्न पाउँदा उत्साहित छौं ।

यसको सजिलो पहुँच र बलियो सुरक्षा सुविधाहरूको साथ, यो सेवाद्वारा ग्राहकहरूले आफ्नो वित्तीय व्यवस्थापन र कारोबार सञ्चालन गर्ने तरिकालाई पुनः परिभाषित गर्ने विश्वास लिएका छौं ।”

कुमारले अन्त्यमा भने, “फोनपेको तर्पmबाट नेपालको आफ्नै Fonepay Virtual Credit Card सुचारु गर्न अनुमति प्रदान गरि आवश्यक निर्देशन दिई सहयोग तथा दिशानिर्देश गरिदिने नियामक निकाय नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।

साथै, आफ्ना ग्राहकहरुलाई अत्याधुनिक सुविधा उपलब्ध गराउन यस Fonepay Card Scheme अन्र्तगतको नेपालको पहिलो Virtual Credit Card जारी गर्ने सिटिजन्स बैंकलाई बधाई दिन चाहन्छौं ।”

फोनपेको बारेमाः

फोनपे नेपाल राष्ट्र बैंकद्वारा नियमन गरिएको र भुक्तानी प्रणाली सञ्चालकको इजाजतपत्र प्राप्त संस्था हो जसले अन्तर–बैंक व्यक्ति–देखि–व्यक्ति (P2P) र व्यक्ति–देखि–व्यापारी (P2M) कारोबारहरू यसको इन्टरअपरेबल नेटवर्क र मोबाइल प्लेटफर्महरू मार्फत सुविधा दिन्छ ।

फोनपे एफवानसफ्ट ग्रुपको सहायक कम्पनी हो जसले नेपालमा ISO 27001:2013 प्रमाणित भई कार्य गरिरहेको छ । फोनपेले बैंक तथा वित्तीय संस्थाहरु र वालेट ग्राहकहरूका साथै व्यवसायहरूलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल भुक्तानी सेवाहरूमा सक्षम पारेर नगदरहित अर्थतन्त्रमा योगदान दिन सक्रिय प्रयासहरू गरिरहेको छ ।

फोनपेले सञ्चालनमा थप दक्षता हासिल गर्न र भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन प्रविधिको प्रयोग गरी डिजिटल भुक्तानी नेटवर्कमा नवीनताहरू ल्याउनमा केन्द्रित छ ।

थप जानकारीको लागिः FonePay Credit Card Nepal


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *