नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाल नियुक्त

Executive Chairperson of Nepal Telecommunication Authority for the period of 5 years by Nepal Government

काठमाडौं, साउन ।

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बैठकले यसअघि प्राधिकरणको निमित्त अध्यक्ष रहेका खनाललाई अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

अध्यक्ष पदमा १२ जनाको आवेदन परेकोमा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ नेतृत्वको छनौट समितिले ३ जनाको नाम प्रकाशन गरेको थियो । समितिले ३ जनाको नामबाट पनि  खनालको नाम छनौट गरेर मन्त्रिपरिषदमा पठाएको थियो ।दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाले राजीनामा दिएपछि अध्यक्ष पद खाली रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here