अष्ट्रेलियन शिक्षा सम्बन्धि अनुसन्धान र विशेषज्ञता नै हाम्रो गुणस्तरियता हो – नयन लामिछाने

E-Planet Education Seminar
E-Planet Education Seminar

काठमाडौं, कात्तिक २०

विगत १५ वर्षदेखी विद्यार्थीहरुलाई अध्ययनको लागि अष्ट्रेलिया पठाउँदै आएको राजधानीको बागबजारमा अवस्थित इ प्लानेट (एजुकेशन प्लानेट) एजुकेशन कन्सल्टेन्सीेले प्रत्येक वर्ष दुई पटक वृहत एजुकेशन फेयर आयोजना गर्दै आएको छ।

यसै क्रममा इ प्लानेटले अष्ट्रेलिया अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियाको शिक्षा, विश्वविद्यालय र त्यहाँको शैक्षिक वातावरणबारे उचित जानकारी प्रदान गराउने उद्देश्यले अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्दैछ । अष्ट्रेलियाका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिहरु समेतको सहभागितामा सो फेयर संचालन हुने भएको छ ।

उक्त एजुकेशन फेयर यहि नोभेम्बर ९ तारिखमा इ प्लानेटको कार्यालय बागवजार, काठमाडौंमा र १० तारिखमा चितवनको भरतपुर गार्डेन रिसोर्टमा हुने आयोजकले जनाएको छ । इ प्लानेटका सिईओ नयन लामिछानेसंग गरिएको सोही एजुकेशन फेयरका सम्बन्धमा आधारित अन्तर्वार्ताको मुख्य अंशः

  • अचेल अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरु लक्षित गरेर थुप्रै एजुकेशन फेयरहरु भइरहेका छन, यसको औचित्यबारे प्रष्ट्याइदिनुस न ।
    विदेश अध्ययनका लागि विद्यार्थीहरुले सम्बन्धित विश्वविद्यालय र कलेजको बारे जुन सुचना प्राप्त गर्नुपर्ने हो त्यो चाहीँ एजेन्ट मार्फत मात्रै पाइरहेको हुनाले विश्वविद्यालयका प्रतिनिधि स्वयम् नै आएर जानकारी प्रदान गर्ने र विद्यार्थी र अभिभावकले प्रतिनिधिहरुसंग भेटेर कुरा गर्न पाउँछन र त्यो बढि प्रभावकारी र अर्थपुर्ण हुन्छ । यो नै मुख्य औचित्य हो ।
  •  अष्ट्रेलिएन एजुकेशन फेयरको आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
    अष्ट्रेलिया अध्ययनका लागि जान चाहने विद्यार्थीहरुले नेपालमै बसेर आफुले रोजेको विषय र चाहेको विश्वविद्यालयबारे आवश्यक पर्याप्त जानकारी प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले यो एजुकेशन फेयर आयोजना गरिएको हो ।
  •  विद्यार्थीलाई अष्ट्रलियाको शिक्षाका लागि परामर्श दिन इ प्लानेट त सधैँ खुला नै छ, फेरी यो एजुकेशन फेयर किन ? के छ त्यस्तो अरु विशेष यसमा ?
    पहिलो कुरा त विद्यार्थीले सम्बन्धित प्रतिनिधिबाटै सही सुचना प्राप्त गर्न सक्छन । साथै फेयर लक्षित गरेर विभिन्न विश्वविद्यालयहरुले छात्रवृतिको पनि व्यवस्था गरेका हुन्छन भने आवेदन र भिषा प्रक्रिया पनि अलिक छिटो हुन्छ । अष्ट्रेलिया अध्ययनका लागि जान आफु योग्य छु कि छैन भन्ने कुरामा समेत विद्यार्थी प्रष्ट हुन्छन ।
  •  विद्यार्थीहरुलाई कस्तो प्रकारले अष्ट्रेलियाको शिक्षा र त्यहाँको वातावरणका बारेमा जानकारी प्रदान गर्नुहुन्छ ?
    अष्ट्रेलिया बहुसंस्कृति भएको मुलुक हो । त्यहाँ सबै कला र संस्कृतिलाई उत्तिकै सम्मान र महत्व दिइन्छ । एजुकेशन हबकै रुपमा रहेकाले थुप्रै मुलुकका विद्यार्थीहरु त्यहाँ जान्छन । अष्ट्रेलियामा आफ्नै संस्कृतिमा बाँच्न पाइन्छ । नेपाली विद्यार्थीहरुले पनि अष्ट्रेलिया जानु अघि त्यहाँको शैक्षिक, सामाजिक तथा साँस्कृतिक वातावरणबारे जानकारी प्राप्त गर्नु जरुरी छ र त्यो कार्य पनि फेयरमा गरिन्छ ।
  • यो फेयरमा अष्ट्रेलियाका कतिवटा कलेज, युनिभर्सिटीहरुले सहभागिता जनाउँदै छन ?
    अष्ट्रेलियाका प्रख्यात विश्वविद्यालयहरु जस्तै, युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी, युनिभर्सिटी अफ ओलोङ्गोङ , वेष्ट्रन सिड्नी युनिभर्सिटी लगायत २० भन्दा धेरै युनिभर्सिटीका प्रतिनिधिहरु एजुकेशन फेयरमा सहभागि हुनेछन । ति प्रतिनिधिहरुबाट नेपाली विद्यार्थीहरुले उचित जानकारी हाँसिल गर्न सक्नेछन ।
  •  मुख्य गरि अष्ट्रेलियामा नेपाली विद्यार्थीहरु कुन विषयमा अध्ययन गर्न जान्छन, यो फेयरमा कुन कुन विषयको बारेमा जानकारी पाइन्छ ?
    प्रायः नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा अकाउन्टिङ, आइ टी, नर्सिङ, इन्जिनियरिङ, विजनेश स्टडिज, हेल्थ लगायतका विषयमा अध्ययनका लागि जाने गर्छन । यो फेयरमा मिश्रित विश्वविद्यालयहरुको सहभागिता रहने हुँदा यि बाहेक विद्यार्थीले चाहे अनुसारको जुनसुकै विषयको बारे खास जानकारी प्राप्त गर्न सक्नेछन ।
  • विद्यार्थी तथा अभिभावकहरुले यो एजुकेशन फेयरमा सहभागिता जनाउनका लागि के गर्नुपर्छ, यसका प्रक्रियाहरु के छन ?
    यसको लागि विद्यार्थी र अभिभावकहरुले अनलाईन मार्फत रजिस्ट्रेशन पनि गर्न सक्नेछन । यसका अलावा इ प्लानेटको अफिसमै आएर पनि रजिस्ट्रेशन गर्न सक्ने व्यवस्था मिलाइएको छ । रजिस्ट्रेशन पश्चात उनिहरुको विषय अनुसारका ३ देखी ४ वटा सम्म युनिभर्सिटी छनोट गरिनेछ र सम्बन्धित युनिभर्सिटीका प्रतिनिधिहरुसंग प्रत्यक्ष कुराकानी गर्ने अवसर प्राप्त गर्ने हुँदा आवश्यक सम्पुर्ण सुचनाहरु प्राप्त गर्न सक्नेछन ।
  •  गुणस्तरिय, भरपर्दो र विश्वसनिय तबरले अष्ट्रेलिया गएर अध्ययन गर्न पाउँछु भनेर विद्यार्थीलाई ढुक्क बनाउन सक्छ यो फेयरले ?
    अवश्य पनि । एजुकेशन फेयर मार्फत नेपालमै रहेर सम्बन्धित प्रतिनिधिहरुबाट आफुले इच्छाएको विश्वविद्यालय र चाहेको विषयबारे सम्बन्धित विश्वविद्यालयमै पुगेर पाएको जस्तै गरि सम्पुर्ण जानकारी प्राप्त गर्ने हुँदा अवलोकनकर्ताहरु सतप्रतिशत ढुक्क हुन सक्नेछन ।
  • कस्ता अवलोकनकर्ताहरुको अपेक्षा राख्नुभएको छ ? कति संख्यामा यो फेयरमा सहभागि हुन्छन भन्ने अनुमान गर्नुभएको छ ?
    हामिले विशेष गरि अष्ट्रेलियामै अध्ययन गर्ने उद्देश्य बोकेका विद्यार्थीहरुलाई लक्षित गरेर यो फेयर आयोजना गरेका छौँ । जो साँच्चै अध्ययनका लागि जानै पर्ने छ वा जाने मनस्थिती बनाएका छन र जसका लागि विदेश अध्ययन नितान्त आवश्यक छ उनिहरु हाम्रा अपेक्षित अवलोकनकर्ता हुन । करिब ५०० देखी ७०० अवलोकनकर्ताहरुको सहभागिता रहने आंकलन हामीले गरेका छौँ । र हाम्रो तयारी पनि सोही अनुसारको छ ।
  • यो एजुकेशन फेयर कहाँ, कहिले र कुन समयमा हुँदैछ ?
    यही आउँदो नोभेम्बर ९ तारिखमा काठमाडौँ बागबजारमा रहेको इ प्लानेटको अफिसमै सो एजुकेशन फेयर हुँदैछ । साथै त्यसको भोलिपल्ट अर्थात नोभेम्बर १० तारिखमा चितवनको भरतपुर स्थित भरतपुर गार्डेन रिसोर्टमा सो फेयर हुनेछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेयरमा सहभागिता जनाउन सकिनेछ ।
  • नेपालका अरु शहरहरुमा वा स्थानहरुमा पनि एजुकेशन फेयर गर्ने योजना बनाउनुभएको छ ?
    अहिले तत्कालका लागि त त्यस्तो योजना बनिसकेको छैन तर अर्को वर्षदेखी चाहीँ पोखरा बुटवल लगायतका शहरहरुमा पनि यस्ता एजुकेशन फेयर आयोजना गर्ने योजनामा हामी छौँ ।
  • अन्त्यमा विद्यार्थी र अभिभावकहरुका लागि तपाइँ र इ प्लानेटका तर्फबाट के भन्न चाहनुहुन्छ ?
    यो एजुकेशन फेयर निकै महत्वपुर्ण अवसर हो त्यसैले तपाइँहरुका मनमा रहेका जिज्ञाशा र अस्पष्टता मेटाउन यो निकै प्रभावकारी साबित हुने भएकोले सम्पुर्ण विद्यार्थीहरुलाई यो एजुकेशन फेयरमा सहभागिताका लागि हार्दिक आह्वान गर्न चाहान्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here