इ–बिजनेस पोलीसी फोरम, २०२० (भर्चुअल) आयोजना गरिदै

e-Business policy forum

१७ मंसिर २०७७, काठमाडौं ।

बढ्दो इन्टरनेटको प्रयोग तथा स्मार्ट फोनको बृद्धिले व्यापार अनलाइन केन्द्रित भइरहेको सर्ववित नै छ । पछिल्लो समयमा कोभिड–१९को महामारीको प्रभाव सँगै बढ्दो विद्युतीय कारोवारलाई मध्य नजर गर्दै डेल्टा ल फर्म तथा इन्टरनेट गभर्नेन्स इन्टिच्युटको संयुक्त आयोजना तथा इनोभेटिभ लिगल सर्भिस तथा नेपाल इन्टरनेट फाउन्डेसनको सह–आयोजनामा नेपालमा इ–बिजनेश सम्बन्धी नीति, कानुन, तथा अभ्यासलाई सम्बन्धित सरोकारवालाको सहभागितामा समिक्षा, विश्लेषण गरी दिगो इबिजनेसका उपाय केलाउने उद्देश्यले यहि मंशीर १९ गते शुक्रबार (डिसेम्बर ४, २०२०) मा भर्चुअलइ–बिजनेस पोलीसी फोरम, २०२० आयोजना हुन लागेको जानकारी गराउन चाहन्छौं ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा  ख्याति प्राप्त वक्ताहरुको सहभागिता रहने उक्त फोरममा नेपालमा इ–व्यवसायको नीति, कानुन  तथा अभ्यासको बारेमा छलफल हुनेछ । जसमध्ये नेपालमा इ–कमर्स सम्बन्धि नीतिगत व्यवस्था, नेपालमा इ–कमर्सका अवसर तथा चुनैतिहरु, इ–कमर्स व्यवसायको दिगोपन, इकमर्शको क्षेत्रमा प्रतिलिपि अधिकार, इकमर्श र उपभोक्ता संरक्षण जस्ता विषयहरु प्रमुख छन् ।

जुम प्लाटफर्ममा आधारित यस फोरममा ३०० जना सहभागीहरुको प्रत्यक्ष सहभागिता हुने अपेक्षा गरिएको छ । अनलाईन माध्यमको संवेदनशीलतालाई मध्येनजर गरी कार्यक्रमको आयोजनामा अत्यन्त सुरक्षा सतर्कता अपनाईएको जानकारी समेत गराउन चाहन्छौं ।

यस कार्यक्रमको इन्डस्ट्री साझेदारको रुपमा प्रभु–पे, रेडियो पार्टनरको रुपमा सिटिजन एफएम रहेको छ । फोरमको कम्युनीटि पार्टनरको रुपमा क्याफे–डि–लिगल र जुरिष्ट एण्ड ल रहेका छन् ।

सूचना प्रविधिको विकासले अर्थतन्त्रमा पारेको प्रभाव, त्यसको सदुपयोग र विकाशका लागि सरोकारवालाहरुको सहकार्यमा इ–बिजनेशको क्षेत्रका  विभिन्न विषयमा छलफल गरी सम्बन्धित निकायलाई ई–बिजनेशको नीति तथा कानुनको क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले फोरम आयोजना गर्न लागिएको जानकारी आयोजक मध्येका नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here