वीरगञ्ज महानगरका सम्पूर्ण विद्यालय आइटी मैत्री

Dynamic Technosoft News

१७, पुस २०७७, वीरगञ्ज ।

वीरगञ्जका सम्पूर्ण विद्यालयहरु आइटी मैत्री भएका छन् ।

वीरगञ्ज महानगरपालिका भित्र सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयमा सफ्टवेयर र वेब आधारित प्रविधि जडान भएसँगै यहाँका सम्पूर्ण विद्यालय आइटी मैत्री भएका हुन् ।

विगत एक दशकदेखि सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको डाइनामिक टेक्नोसफ्ट र वीरगञ्ज महानगरपालिकाको सहकार्यमा विद्यालयमा प्राविधिक सफ्टवेयर जडान गरिएको छ ।

जडान गरिएको नयाँ सफ्टवेयरबाट विद्यालय व्यपाथापनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

सफ्टवेयरबाट विद्यालयले विद्यार्थी र शिक्षकको हाजरी, डाटाबेस व्यवस्थापन, लेखा व्यवस्थापन, जिन्सी व्यवस्थापन, विद्यार्थी मार्कसिट, प्रवेश पत्र, परिचय पत्र, अनलाईन कक्षालागायत सुविधा प्राप्त गर्ने छन् ।

त्यसैगरी विद्यालय व्यवस्थापन पक्ष, शिक्षक र अभिभावकले छुट्टाछुट्टै मोबाइल एप्स समेत प्राप्त गर्ने छन् । एप मार्फत विद्यालयले विद्यार्थीका अभिभावकसँग प्रत्यक्ष रुपमा संवाद गर्न सक्ने छ ।

एप मार्फत शिक्षकले विद्यार्थीलाई गृहकार्य दिनेदेखि विद्यार्थीको हाजरी र रिपोर्ट कार्ड समेत हेर्न सक्नेछन् भने अभिभावकले आफ्नो छोराछोरी विद्यालय गएको अथवा नगएको समेत जानकारी लिने सक्ने छन् । त्यस्तै विद्यालयले अभिभावकलाई विद्यार्थि बारे अथवा कुनै आवश्यक सूचना दिनुपरे एपको प्रयोग गर्न सक्नेछ ।

एपबाट विद्यार्थीका अभिभावकले आफ्ना छोराछोरीको मार्क सिटदेखि उनीहरूले विद्यालयमा गर्ने गतिविधिका बारेमा समेत जानकारी लिन सक्ने छन् ।

प्रत्येक विद्यालयकालागी छुट्टै वेबसाइट पनि प्राप्त गर्ने छन् । जुन वेबसाइट मार्फत एपबाट प्राप्त हुने सम्पूर्ण सुवधीहरु उपयोग गर्न सकिन्छ ।

सफ्टवेयरमा भएका सम्पूर्ण जानकारी महानगरपालिकाको शिक्षा महाशाखाले प्रत्यक्ष रुपमा हेर्न र नियन्त्रण समेत गर्ने मिल्ने छ । महाशाखाले एप मार्फत विद्यालयको प्रगति, शिक्षकको उपस्थिति लगायत विषयहरुमा निगरानी गर्ने सक्ने डाइनामिक टेक्नोसफ्टका प्रमुख कार्यकारी अधिकृत दीपक साहले जानकारी दिए ।

कार्यक्रमा बोल्दै प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरवागीले आफ्नो लामो समयदेखि देखेको सपना पूरा हुँदा खुशी अनुभूति भएको बताए । आफू निर्वाचित भएदेखि वीरगञ्जका सम्पूर्ण विद्यालयलाई आइटी मैत्री बनाउँने प्रयास सफल भएको बताए । उनले विद्यालयलाई आधुनिकरण गरेर वीरगञ्जलाई देशका लागि नमूना बनाउँने प्रतिबद्धता समेत व्यक्त गरे ।

त्यसैगरी वीरगञ्ज महानगरपालिका शैक्षिक महाशाखा प्रमुख अरविन्द लाल कर्णले विद्यालयमा खाली रहेको आइटी प्रशिक्षकका लागि छिट्टै दरबन्दी मिलाइने बताए । उनले यहाँको शिक्षा क्षेत्रको आधुनिकीकरणको यो प्रथम पाइला भएको बताउँदै आगामी दिनमा यस्ता थप कार्यक्रमहरू ल्याइने जानकारी गराए ।

वीरगञ्ज महानगरपालिका शैक्षिक महाशाखा प्रमुख अरविन्द लाल कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखाका अधिकृत आनन्द लामिछाने, त्रिजुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हरेन्द्र कुर्मीलगायतको उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here