एनपीएल क्रिकेट आजका दुई खेल: चितवन राइनोज र विराटनगर किङ्ग्स तथा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
१० कात्तिक, काठमाडौं।
नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेल हुँदैछन्। मध्यान्ह १२ बजे सन्दीप लामिछानेको विराटनगर किङ्ग्स र कुशल मल्लको चितवन राइनोज तथा साँझ ५ बजे हर्मित सिंहको जनकपुर बोल्ट्स र सोमपाल कामीको कर्णाली याक्स आमनेसामने हुनेछन्।
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ।
विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ भने चितवनलाई कुशल मल्लले सम्हालेका छन्।
त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् । जनकपुर हर्मित सिंहको कप्तानीमा रहेको छ भने कर्णाली सोमपाल कामीको नेतृत्वमा मैदान उत्रनेछ।
प्रतियोगिताको पहिलो दिन हिजो लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो।
कात्तिक ९ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । फाइनल भिडन्त मङ्सिर ५ गते हुनेछ ।
For more: Double-Header Action Today Janakpur Bolts and Karnali Yaks

