देवनागरी तामाङ किबोर्ड एपको नाम पहिले “तामाङ किबोर्ड” मात्र हुन गएकोले हाल “देवनागरी तामाङ किबोर्ड” भनी अपडेट गरिएको छ । यसको विशेषता भनेको तामाङ भाषालाई देवनागरी लिपिमा लेख्दा नुक्ता चिह्न (़) को प्रयोग गरी लेख्न सकिन्छ ।
भाषाविद् अमृत योञ्जन तामाङ भन्छन्, ‘तामाङ भाषाको विशेषताअनुसार निर्धारित मानकमा रहेर विश्वभरिका तामाङ लेखकलाई देवनागरी लिपिमा जोड्ने प्रयास सफल भएको छ ।
अब तामाङ लेखनमा २४ वर्णले काम चल्नेछ
आज विमोचित Android Keyboard Software for Devanagari Tamang र Android App मा नुक्ता (तल थोप्ली)को प्रयोग विधि तामाङ भाषामा पाइने मौखिक तथा व्यत्यिरेकी व्यञ्जन वर्ण (Oral as well as contrastive Tamang phonemes) (३२)
क् ख् ग् (घ्) ङ् ङ्ह्
च् छ् ज् (झ्) – –
त् थ् द् (ध्) न् न्ह्
ट् ठ् ड् (ढ्) – –
प् फ् ब् (भ्) म् म्ह्
य् य्ह व् व्ह् र् र्ह ल् ल्ह्
स् स्ह् ह् ।
०००
१. सम्वर्ण (Allophones) मा नुक्ताको प्रयोग
तामाङ भाषामा रहेका सम्वर्णहरू- (घ) (झ) (ढ) (ध) (भ) । यी वर्णहरु ध्वनिगत रूपमा फरक भए पनि वर्णिक रुपमा फरक छैन अर्थात् अर्थ एउटै हुन्छ । यसलाई नुक्ता (तल थोप्ली) दिएर लेख्न सकिन्छ- गाङ / ग़ाङ (डाँडा) । जि / ज़ि (जाँड) । डोल्मा / ड़ोल्मा । दिम / द़िम (घर) । दाइबा / द़ाइबा । ब्योन / ब़्योन । घिसिङ / ग़िसिङ । घ्याङ / ग़्याङ ।
०००
२. श्वसन घोष (Breathy) वर्णमा नुक्ताको प्रयोग
निम्न वर्णलाई पनि नुक्ता दिएर लेख्न सकिन्छ, जस्तै- ङ्ह (ङ़)- नाका ङ्ह्याबा (नाका ङ़्याबा) । न्ह (ऩ)- न्हे न्हेबा (ऩे ऩेबा) । म्ह (म़)- म्होबा (म़ोबा)। म्हेन्दो (म़ेन्दो )। र्ह (ऱ)- र्हेबा (ऱेबा) । ल्ह (ल़)- ल्हाक्पा (ल़ाक्पा) । स्ह (स़)- स्ह्याङ (स़्याङ)
००००
३. भाषाको क्षेत्रीय भेदमा नुक्ताको प्रयोग
उच्चारण एउटै हुने तर अर्थ फरक हुने क्षेत्रीय भेदका शब्दलाई पनि नुक्ता दिएर लेख्दा सम्वर्ण लेख्न पर्दैन, जस्तै- जिबा (टोक्नु) – ज़िबा (सम्झिनु) । बाम्बा (भिज्नु) – ब़ाम्बा (बामे सर्नु) । बाबा (ल्याउनु) – ब़ाबा (थप्नु) । डोबा (पढनु) – ड़ोबा (न्यानो हुनु) । दोबा (पुग्नु) – द़ोबा (पल्टिनु) । बाबा (ल्याउनु) – ब़ाबा (थप्नु) ।
०००
४. कन्फ्युज वा अन्योलमा पनि नुक्ताको प्रयोग गरेर नजिकको उच्चारण ल्याउन सकिन्छ, जस्तै- योन्जन – य़ोन्जन । याप्पा – य़ाप्पा । याङ – य़ाङ । यिन्बा – य़िन्बा । वाङ – व़ाङ ।
०००
अब नुक्ताको प्रयोग गरेपछि तामाङ लेखनमा २४ वटा व्यञ्जन वर्ण मात्र प्रयोग हुनेछ । तामाङ वरणमालामा देखिएका ३२ वटा वर्णवाट २४ वटा वर्ण मात्र हुनेछ अर्थात् ८ वटा वर्ण घटने छ,
क् ख् ग् ङ्
च् छ् ज्
त् थ् द् न्
ट् ठ् ड्
प् फ् ब् म्
य् व् र् ल् स् ह् ।
०००
For more Information Download the App: Click Here